Monday, June 6, 2016

२०७४ माघपछि प्रधानमन्त्रीको कुर्सी छाड्छुः ओली

२०७३ जेष्ठ २४ सोमबार
फोटो :काठमाडौं विश्वविद्यालयमा पुगेका प्रभानमन्त्री ओली । तस्बिर: श्रीराम केसी
बनेपाः प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ पछिमात्र सरकार परिवर्तन हुने बताएका छन् ।

सोमबार काठमाडौं विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी हुन धुलिखेल आएका प्रधानमन्त्री ओलीले पत्रकारसँग कुरा गर्दै २०७४ माघपछि मात्रै कुर्सी छाड्ने बताएका हुन् ।oli

‘सरकार परिवर्तन हुन्छ, तर २०७४ माघपछि मात्र, अहिले सरकार परिवर्तनका लागि मिति पुगिसकेको छैन’ उनले भने, ‘सरकार परिवर्तन त हुन्छ तर चुनाव गराएर मात्रै ।’
प्रधामन्त्री ओलीले स्थानीय र आमचुनाव चुनाव नभई सरकार परिवर्तन नहुने दोहोर्याए । काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम तथा बजेटसमेत पारित गरेका थिए ।

बैठकमा सहभागी सह–कुलपति एवम् शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । उपकुलपति प्रा.डा रामकण्ठ माकजु र रजिष्ट्रार प्रा. डा भोला थापाले केयुको आर्थिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

बैठकले विश्वविद्यालयको शिक्षाको गुणस्तर उकास्ने, ग्राम बनाउने लगायत नौवटा एजेण्डा पास गरेको छ ।

बैठकले आगामी आर्थिक बर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम तथा तीन अर्ब ३२ करोड ४६ लाख ७४ हजार रुपैयाँको बजेट पारित गरेको उपकुलपति प्रा.डा माकजुले बताए ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog