Friday, June 17, 2016

अध्यक्ष को बन्ने झगडाले एमाले कर्मचारीमा ओली-नेपाल समूहबीच कुटाकुट

हालसालै भएको आधिकारिक ट्रेड युनियनको चुनावबाट सबैभन्दा बढी मत ल्याएको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकमा कुटाकुट भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पक्षधर र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचमा पदाधिकारी छनोटमा भएको विवादले उग्ररुप लिँदा हात हालाहाल र कुटाकुट भएको हो।
अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारी छनोटका निम्ति शुक्रबार बैठक बसेको थियो। बैठकमा अध्यक्ष को हुने विवादले तनाव सिर्जना गरेको स्रोतले बतायो।kutpit
एमालेको कर्मचारी संगठनबाट अध्यक्षमा दुई जनाले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। पुण्य ढकाल र भोला पोखरेलले अध्यक्षमा आफ्नो दाबी गरिरहेका छन्।

ढकाल ओली समूहका हुन् भने पोखरेल नेपाल। ढकालले आफ्नो नेतृत्वमा चुनाव हुँदा देशैभरि बढी जितेकाले आफू नै अध्यक्ष हुनुपर्ने दाबी गरिरहेका छन्। संगठन अध्यक्ष ढकालले छलफल चल्दै गर्दा संगठनकै अराजक व्यक्तिहरूले विवाद सिर्जना गरेको बताए।
‘सामान्य विवाद भएको हो, केही अराजक व्यक्तिले यो गराए,’ उनले भने। पदाधिकारी छान्न बसेको बैठकमा हात हालाहाल भएपछि बैठक स्थगित गरिएको छ। एमालेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ जना केन्द्रीय सदस्य पाउने छ।
उता दोस्रो ठूलो संगठन नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघले भने एक साताअघि नै पदाधिकारी छानिसकेको छ। उसले आफ्नो भागमा परेको महासचिव पदमा संघका उपाध्यक्ष सुवोध देवकोटालाई सिफारिस गरेको छ।
त्यसैगरी सदस्यमा, विश्वबन्धु रेग्मी, शंकर पुरी, सुवास कोइराला, सुशील केसी, जनकबहादुर रावल र राजु उप्रेतीलाई सिफारिस गरिएको अध्यक्ष देवकोटाले बताए।

Continue Reading…

अामा भेट्न माइत अाएकी दुई महिने सुत्केरी छाेरी हत्या अाराेपमा प्रहरी हिरासत पूगिन

भीमदत्तनगर । बाइस वर्षीया रचना चन्द रक्तचाप रोगले थला परेकी ५७ वर्षीया वृद्धा आमा कल्पना मल्ललाई भेट्न दुई महिने दूधे बालकलाई लिएर माइतीघर पुगिन् । गत जेठ १ गते कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा रहेको माइत पुगेकी रचनाले बिरामी आमाको हेरचाह गरिरहेकै बेला एकाएक जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेकी छन् ।

khaya
चम्फापुर गाउँमा स्थानीय रामदुलारी रानाको हत्या भएपछि सोधपुछका लागि रचनालाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ल्याए पनि प्रहरीले अन्ततः उनीमाथि कर्तव्य ज्यान उद्योग जस्तो गम्भीर प्रकृतिको मुद्दा दायर गरेपछि उनी छानाबाट खसे झैँ भएकी छन् । “आमा भेट्न दुई महिने सुत्केरी माइत आएकी बहिनीलाई ज्यानसम्बन्धी महलमा कारबाहीका लागि मुद्दा दर्ता गरियो” रचनाका दाइ नागेन्द्र मल्लले भन्नुभयो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भएकी एक छोरा एक छोरीका आमा रहेकी रचनाका श्रीमान् यतिबेला सेनाको मिसनमा देश बाहिर छन् । चम्फापुरकी रामदुलारी रानाको प्रेम सम्बन्ध रचनाका दाइ प्रकाश मल्लसित भएको भन्दै प्रहरीले रचना, प्रकाश मल्ल, उनका बुबा इन्द्र मल्ल र दुईवटा भाउजू मीना, लक्ष्मी मल्ल र कान्छी आमा डम्बरा मल्ललाई हिरासतमा राखेको छ ।

“सिङ्गो परिवारलाई हत्याको आरोपमा मुद्दा चलाएर हिरासतमा राखियो” इन्द्र बमका जेठा छोरा नागेन्द्रले भन्नुभयो– “प्रहरीले निष्पक्ष छानबिन गरोस्, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो ।” “रामदुलारीसित भाइ प्रकाशको प्रेम सम्बन्ध रहेको भए पनि मेरी बहिनीको के दोष छ र उनीमाथि मुद्दा चलाइयो ?”– नागेन्द्रले भन्नुभयो ।

गत जेठ १८ गते राति घरबाट भागेकी रामदुलारीको शव २२ गते गाउँकै झाडीमा भेटिएको थियो । रचना र उनका भाउजूहरुलाई प्रहरीले २४ गते माइतबाटै नियन्त्रणमा लिएको नागेन्द्र मल्लले बताउनुभयो । उहाँले आफ्नो परिवार उक्त घटनामा संलग्न नरहेको दाबीसमेत गर्नुभयोे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले गत जेठ २४ गते हत्या गरिएका रामदुलारी रानाका ससुरा पदम रानाले दिएको जाहेरीका आधारमा रचनासहित मल्ल परिवारका छ जनामाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । “घटनाको बारेमा अनुसन्धान भइरहेको छ” प्रवक्ता खनालले भन्नुभयो ।purbelinews

Continue Reading…

ठगीमा संलग्न म्यानपावरको अनुमतिपत्र नवीकरण नहुने

काठमाडौँ, पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावर विरुद्ध परेको भेटिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विसं २०६४ साउनपछिको अवधिमा सो म्यानपावर विरुद्ध एकसय १५ ठगीको उजुरी परेको छ । त्यसैगरी, ठगीको दोस्रो स्थानमा रहेको गौशालास्थित द रिभर ओभरसिज विरुद्ध १०४, तेस्रो स्थानमा बखुन्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्राइभेट लिमिटेड विरुद्ध १०३ ठगीको उजुरी यो अवधिमा परेको छ ।

nahuna

ठगीको उजुरी बढी पर्ने शीर्ष १० भित्र भेरी कर्णाली इन्टरनेसनल प्राइभेट लिमिटेड (७५), मोन्टेज ओभरसिज (६४), सिग्मा इन्टरनेसनल (६३), क्याराभान इम्प्लोइमेन्ट सर्भिस (६१), युनिभर्सल इन्टरनेसनल (५९), एनसिएफ इम्प्लोइमेन्ट सर्भिस (५७) र ट्रस्ट नेपाल ओभरसिज (५६) परेका छन् ।

यसैगरी, सिद्धार्थ गौतम ओभरसिज सर्भिस विरुद्ध ५४, ग्रिन स्टार ओभरसिज विरुद्ध ५१, कपिल म्यानपावर विरुद्ध ५१, क्यापिटल रिक्रुमेन्ट सर्भिस विरुद्ध ५०, एक्का ओभरसिज इम्प्लोइमेन्ट कन्सल्टेन्ट विरुद्ध ४९, मिथिला म्यानपावर सर्भिस विरुद्ध ४८, आरक्षण इन्टरनेसनल विरुद्ध ४८, लक्की एच आर सोलुसन विरुद्ध ४७, भण्डारी ओभरसिज विरुद्ध ४५, शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेज विरुद्ध ४५, आर के म्यानपावर ग्रुप विरुद्ध ४४, पाथिभरा ओभरसिज विरुद्ध ४४ र लाइफ इन्टरनेसनल ओभरसिज विरुद्ध ४२ उजुरी परेका छन् ।

निल्को इन्टरनेसनलले विष्णुप्रसाद गौतमलाई जापान पठाइदिने भन्दै रु १७ लाख ठगी गरेको, दि रिभरले टीकाराम सापकोटालाई दुबई पठाइदिने भन्दै ६ लाख ८० हजार ठगी गरेको, भेरी कर्णाली ओभरसिजले अफगानिस्तान पठाइदिने भन्दै खिमबहादुर पाण्डेबाट रु सात लाख लिएको, युनिभर्सल इन्टरनेसनलले पोल्यान्ड पठाइदिने भन्दै नवीन नेपालीबाट रु ६ लाख ४० हजार ठगी गरेका जस्ता उजुरी विभागमा परेका छन् ।

गएको आठ वर्षमा ठगीका सबैभन्दा बढी उजुरी परेको आरए एन्ड आर जब ट्र्याकर पछिल्लो समय केही सुध्रिएको तथ्याङ्कले देखाएको छ । यस आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा भने सो म्यानपावर ठगीको उजुरी पर्ने कम्पनीमध्ये १०औंँ स्थानमा परेको छ ।

यो अवधिमा सबैभन्दा बढी उजुरी युनिभर्सल इन्टरनेसनल विरुद्ध २७, द रिभर ओभरसिज विरुद्ध २४ र सि लिन्क ओभरसिज विरुद्ध १९ वटा परेका छन् ।
निल्को १५, लक्की ११, देवान ११, एक्का १०, भेरीकर्णाली १०, आरक्षण १० तथा सिद्धार्थ गौतम, युनाइटेड एचआर, गोर्खाज एसोसिएट्स विरुद्ध ९÷९ उजुरी परेका छन् ।
शिखर, जब ओल्र्ड इनटरनेसनल, मिलिनियम, ट्रस्ट नेपाल, ह्वाइट पर्ल, मा पद्मा प्लेसमेन्ट, अल जफर, दिप गेटवे, आयुस, मोन्टेज, इन्नोभेटिभ र मिथिला म्यानपावर विरुद्ध आठ÷आठ उजुरी परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले मानव बेचविखनमा संलग्न रहेको भन्दै गत फागुन १२ गते १८ म्यानपावर कम्पनीमा छापा हानेर केही सञ्चालकलाई कारबाही गरेपछि पछिल्लो समय म्यानपावरको ठगी कार्यमा केही कमी आएको छ ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारको क्षेत्रमा केही म्यानपावरको षड्यन्त्र हाबी रहेको र त्यस्ता म्यानपावर कम्पनीविरुद्ध प्रहरीले सुरु गरेको कारबाही जारी रहेको बताउनुभयो ।

उहाँले राम्रो काम गर्ने म्यानपावरलाई प्रोत्साहन र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनसकिए मात्रै यो क्षेत्र सुध्रिने बताउनुभयो ।

वैदेशिक रोजगार विभागका कानुन अधिकृत गोविन्दप्रसाद उपाध्यायले महिनामा सरदर एक सयको हाराहारीमा म्यानपावरविरुद्ध उजुरी पर्ने गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश उजुरी भनिए अनुसारको तलब नपाएको, भनिए अनुरुपको काम नपाएको, बढी पैसा लिएको र पैसा लिएर पनि नपठाएको जस्ता विषयमा पर्ने गरेका छन् ।

उजुरी परेपछि आफूहरुले म्यानपावर सञ्चालकलाई विभागमा झिकाएर पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको जानकारी दिनुभयो ।

यसैबीच, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठगीमा पटक÷पटक संलग्न भई आरोप पुष्टि भएका कम्पनीका लागि स्पष्ट नीति र मापदण्ड बनाई उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

कामदारबाट बढी रकम असुलेको भनी उजुरी परेर कारबाही भएपछि पनि नसुध्रिएका म्यानपावर कम्पनीहरुको विवरण तयार पारी उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न समितिको शुक्रबारको बैठकले निर्देशन दिएको समितिका सभापति प्रभु साहले बताउनुभयो । रासस news24nepaltv

Continue Reading…

भारतीय अदालतद्वारा गुजरात हत्यामा सम्लग्न ११ लाई जन्मकैँद

३ असार, एजेन्सी।

भारतको एक अदालतले सन् २००२ मा भारतीय राज्य गुजरातमा भएको हिंसामा सम्लग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

शुक्रबार सो अदालतले ११ जनालाई आजन्म काराबासको सजायका साथै अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले कारबाहीको फैसला गरेका यी सबैजसो हिन्दू धर्माबलम्बी व्यक्ति हुन् । उनीहरुको सम्लग्नताको पुष्टि गर्न अदालतलाई निकै लामो समय लागेको थियो ।
करिब ३०० जनासँगको बयान र प्रत्यक्षदर्शीहरुको प्रमाणहरुका आधारमा यो फैसलाको निष्कर्षमा पुगेको अदालतले जनाएको छ ।mode

सन् २००२ को फेब्रुअरीमा मा भारतीय राज्य गुजरातमा हिन्दू धर्माबलम्बीहरुद्वारा भएको हिंसाका क्रममा परी कम्तीमा पनि ६९ जनाको ज्यान गएको थियो ।

गुजरातको गलबार्ग सोइसाइटीमा एक घरमा बसिरहेका भारतीय काँग्रेसका तत्कालीन सांसद एसान जाफ्रीसहितका ६९ जनालाई आगो लगाएर हत्या गरिएको थियो ।
यसरी मारिनेमा प्राय सबैजसो मुस्लिम धार्मिक समुदायका नागरिक थिए । सो हत्याकाण्डपछि त्यसमा सम्लग्नताको आरोपमा कैयौँ व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गरिएको थियो ।

अनुुसन्धानका क्रममा दोषी पाइएका उनीहरुमध्ये ११ जनालाई आजन्म काराबास र अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाइएको बताइएको छ ।

त्यस दङ्गामा सम्लग्नताको आरोपमा अदालतले ६६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा रहेकामध्ये अदालतले २४ जनालाई दोषी ठहराएको थियो ।

यस बीचमा पाँच जनाको निधन भइसकेको छ भने अरु ३६ जनालाई निर्दाेष ठहर गरेको छ ।

त्यस वर्ष भारतको गुजरात राज्यमा हिन्दू र मुस्लिम समुदायका नागरिकबीचमा ठूलो दङ्गा र हिंसा फैलिएको थियो ।

त्यस हिंसामा परी करिब एक हजार जना नागरिकको ज्यान गएको थियो । मुस्लिम समुदायका नगारिकले पनि गुडिरहेको रेलमा आक्रमण गरी कम्तीमा ६० जना हिन्दूको हत्या गरेका थिए ।

त्यसपछि गुजरातमा हिंसा फैलिएको थियो । उक्त हिंसामा परी अधिकांश मुस्लिम नागरिक मारिएका थिए ।

यस हिंसालाई भारतको इतिहासमा भएको सबैभन्दा ठूलो जातीय हिंसाका रुपमा लिने पनि गरिन्छ ।

यो सँगै भारतको अदालतले त्यस गुजरात भएकामध्ये विभिन्न स्थानका हिंसाको अनुसन्धान जारी रहेको पनि जनाएको छ ।

त्यस समयमा गुजरात राज्यको मुख्यमन्त्रीमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए । उनिमाथि पनि यस विषयमा आरोप लागेको थियो ।

तर पनि उनलाई भने सन् २०१२ मा अदालतले सफाई दिइसकेको छ । सन् २००९ देखिमात्र यो दङ्गाको बारेमा अनुसन्धान सुरु गरिएको थियो ।

तर यस मुद्दाको अनुसन्धानमा विभिन्न कारणले ढिलाई भएको न्याय क्षेत्रका अधिकारीहरुले जानकारी दिएका थिए ।nepaliheadlines

Continue Reading…

Thursday, June 16, 2016

नातिनीको एल्बम सार्वजनिक गर्दै प्रचण्डले भने- मेरो ह्याट्रिक भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नातिनी स्मीता दाहाल असाध्यै रुने बच्ची रहेको स्मरण गराएका छन् ।
स्मिताको तेस्रो एल्बम रागिनीको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले स्मरण गरे, ‘म भुमिगत कालमा बुटवलमा हुँदा स्मीता ६ महिना जतिकी थिइन्, बुवाले लिएर भेट्न आउनुपर्ने त्यो तीन घन्टाको बाटोमा रोएर हैरान पारेकी थिइन् रे, धेरै रुनेको स्वर खुल्छ भनिन्थ्यो त्यसैले उनी गायिका हुने त्यो लक्षण थियो भन्ने लाग्छ अहिले ।’renu
स्मिताका तीन वटै एल्बमको विमोचन आफुले गरेको सम्झिँदै उनले भने, ‘मेरो ह्याट्रिक भयो ।’ लगन मिहेनतलाई निरन्तरता दिएर स्मिता अघि बढे उज्वल भविष्य रहेको बताएका प्रचण्डले नातिनीलाई सुझाव दिए, ‘साधनामा कमि नहोस् ।’
गीतकार यादव खरेल, संगीतकार दिपक जंगम, गायक दिप श्रेष्ठलगायतको उपस्थितिमा प्रचण्डले भने, ‘यस्ता दिग्गज व्यक्तित्वको अगाडी स्मिताको गायन अगाडी आएको छ, उनले आशिर्वाद लिन सक्नुपर्छ ।’ स्मिताको पहिलो एल्मब स्मिता, दोस्रो स्मिता-२ हुँदै तेस्रो रागिनी बजारमा आएको सन्दर्भमा प्रचण्डले भने, ‘साधना विना कुनै काम पनि पुरा हुँदैन, गायनका लागि वंशानुगत गुणपनि चाहिन्छ । म गीतको पारखी पनि हुँ । कतिपय कलाकारहरुको फ्यान अझै छु ।’
योगेन्द्रमणि दाहालको शव्द, केदार मास्केको संगीत रहेको एल्बमको एउटा गीतको म्युजिक भिडियो पनि प्रचण्डले हेरेका थिए । ‘मैले यो मञ्चबाट स्मितालाई आशिर्वाद दिनु भनेको नाटकीय लाग्न सक्छ, मेरो सँधैभरी उनलाई आशिर्वाद छँदै छ ।’, प्रचण्डले भने, ‘अझ राम्रोसँग अगाडी बढ्न सकुन् ।’

कार्यक्रममा स्मितालाई शुभकामना दिन हजुरआमा सीता दाहाल, आमा गंगा दाहाल, बाबु जीवन आचार्य, मामा प्रकाश दाहाल, माइजु विना मगरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलको पनि उपस्थिति थियो ।
dainiknepal

Continue Reading…

पूर्वरानी रत्न शाह अस्पताल भर्ना, राजपरिवारका सबै सदस्य नर्भिकमा

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह शारीरिक अस्वस्थताका कारण अस्पताल भर्ना भएकी छिन्। नर्भिक अस्पतालमा रत्नलाई बिहीबार विहान भर्ना गरिएको हो।
आन्द्रामा समस्या देखिएपछि उनलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। नर्भिक अस्पतालमा रत्नलाई बेडमा राखेर उपचार थालिएको नर्भिकले जनाएको छ।bhara
‘आन्द्रामा केही समस्या आएपछि उहाँलाई भर्ना गरिएको हो,’ नर्भिक स्रोतले भन्यो। रत्नको स्वास्थ्य अवस्था सामान्य रहेको पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले सेतोपाटीलाई बताए।
डा. मधु घिमिरेले रत्नको स्वास्थ्य परीक्षण गरिरहेका छन्। तत्कालका लागि इन्डोस्कोपी, कोलोनोस्कोपी गर्नुपर्ने भएपछि उक्त उपचार थालिएको नर्भिकले जनाएको छ।
नर्भिकमा पुर्याउँदा राजपरिवारका प्रायः सदस्य उपस्थित थिए। पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्व युवराज्ञी हिमानीलगायतले रत्नलाई लिएर गएका थिए। हिमानी रत्नको रेखदेखमा छिन्। पूर्वयुवराज पारस शाह पनि रत्नलाई भेट्न जाँदैछन्। राजपरिवारका प्राय: सबै सदस्य अहिले नर्भिकमा रहेको पाठकले जानकारी दिए।
setopati

Continue Reading…

धुर्मुस-सुन्तलीलाई सांसद रबिन्द्र अधिकारीले एक महिनाको तलब दिने

काठमाडौं, २ असार । युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् ।
सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पीडित जनताको मुहारमा खुशि ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ ।durmus
राम्रो कामको कदर स्वरुप आफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् ।
सभासद् अधिकारीले कुरा भन्दा काम गरेर देखाउन कटिबद्ध हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् ।
धुर्मुस सुन्तलीले गरिरहेको कामले पुनर्निर्माणको कामलाई पनि गति लिन बाध्य गराउने उनको भनाई छ ।
dainiknepal

Continue Reading…


Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog