Friday, May 27, 2016

मनिषाको हत्यामा ठूलो गिरोह संलग्न भएको दाबी, संसदमै भयो हंगामा

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीकी बहिनी मनीषा घर्तीको शंकास्पद मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले १७ वर्षीया मनीषाको मृत्यु शंकास्पद रहेको बताए । सांसदहरूले भनेका छन्, ‘मनीषा घर्तीको मृत्यु शंकास्पद छ । घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो छ । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्छ । हत्यामा ठूलो अपराधिक समूह संलग्न भएको जस्तो देखिन्छ ।’
सांसद विक्रम खनालले मनीषा र प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मात्रै घटनामा संलग्न हो कि होइन भनेर सुक्ष्म रुपले छानविन गरिनुपर्ने माग गर्नुभयो । ‘मनीषा घर्तीको मृत्यु अत्यन्तै शंकास्पद छ’, उहाँले भन्नुभयो, ‘मनीषको मृत्यु प्रकरणमा ठूलो अपराधिक समूहको संलग्नता रहेको हुन सक्छ ।’manisa
अर्की सांसद दिलशोभा पुनले मनीषको हत्यामा आशिष भनिने रुद्रनारायण चौधरीले नै हत्यामा संलग्न रहेको हुन सक्ने प्रहरीले आफूलाई जानकारी गराएको बताउनुभयो । ‘मनीषाको मृत्यु पश्चात परिवार अत्यन्तै पीडामा छ’, उहाँले भन्नुभयो, ‘मनीषाको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भाग खोल्सिएको छ । कोठाभित्र रगत लागेको छ । घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’
सांसद दुलारी हरिजनले पनि मनीषाका हत्यारालाई पक्राउ गरी सर्वस्वसहित आजीवन कारबाहीको माग गर्नुभयो । ‘आमा उपचारका लागि बुटवल गएको र दाई विमल घर्ती उपचारका लागि बेल्जियम गएका बेला मनीषाको हत्या भएको छ’, सांसद दुलारीले भन्नुभयो, ‘हत्यामा प्रेमी आशिष भनिन रुद्रनारायण चौधरी पक्राउ परेका छन् । प्रहरीले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ ।’
मनिषाको हत्या घटनाबारे बोल्दा संसदमा सांसदहरुले हो मा हो भनेर हंगामा गरेका थिए ।
बुधबार राति नवलपरासीको बर्दघाट नगरपालिका– ८ भुताहास्थित आफ्नै घरभित्र मनीषा घर्ती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उनको हत्या भएको हुन सक्नेभन्दै प्रहरीले मनीषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जनाइ सकेको छ । मनीषाको शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टका लागि ल्याइ सकिएको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog