Friday, May 27, 2016

बहिनीको वियोगमा विमलका आँसु थामिएनन्

काठमाडौँः बहिनी मनिषा घर्तीमगरको मृत्युको खबरपाएपछि बेल्जियमबाट नेपाल फर्किएका फुटबलर विमल घर्तीमगर काठमाडौँ ओर्लिएपछि भावविह्वल भएका छन् ।

त्रिभुवन विमास्थलबाट सिधैँ बहिनीको शव राखिएको त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल पुगेका विमल अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिएर ।asu

महिनीको वियोगले भक्कानिरहेका विमल आमालाई समेत सम्हालिरहेका थिए । बुधबार राती नवलपरासीमा रहेको आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी मनिषाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइएको छ ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तिलकपुर गाविस–४ का आशिष भनिने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ ।

मनिषाको हत्याको विषयमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog