Thursday, June 9, 2016

झापामा दुई सवारीमा आगजनी, आठ पक्राउ

सुरुङ्गा (झापा), २७ जेठ । बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आज झापाको बुधबारे र सुरुङ्गामा दुई वटा सवारीमा तोडफोड गरेका छन् ।
इलामबाट झापा आउँदै गरेको ना३ख ४६७१ नंको ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।agolagii
त्यस्तै, सुरुङ्गामा बा८च ३६९८ नंको बोलेरोमा आगजनी गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झापाका सशस्त्र प्रहरी निरीक्षक केदारजङ्ग थापाले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त बोलेरोमा मोटरसाइकलमा आएका दुई जना बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बन्दका कारण झापाको जनजीवन बिहानैबाट प्रभावित भएको छ । सडकमा छिटफुटबाहेक सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि, प्रहरीले बुधबार साँझ बन्दको आह्वान गर्दै हिँड्ने आठ जना नेता तथा कार्यकर्तालाई झिलझिले र काँकडभिट्टाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्तासमेत रहनुभएका शर्माले जानकारी दिनुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog