Thursday, June 9, 2016

१७ दिनमै रु २० लाखभन्दा बढी भेटी

२८ जेठ, ताप्लेजुङ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।

यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएको समेत सो समितिले जनाएको छ ।

vet

यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ सङ्कलन भएको जनाइएको थियो ।

यस्तै, धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा भएको बताइएको छ । अहिले पनि दैनिक सयौँको सङ्ख्यामा मन्दिर दर्शनका लागि मानिसहरु जाने गरेको बताइएको छ । पाथीभराको दर्शन गरे आफूले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहिआएको छ । राससnepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog