Friday, June 10, 2016

अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ: प्रधानमन्त्री ओली

दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिनुभयो ।
आज बिहान दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनुभयो । मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।”0wli
मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आउनुभएका प्रम ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको समेत भनाइ राख्नुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो ।
नेपाल सरकारको करिब रु एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । रास
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog