Friday, June 10, 2016

देश विकास गर्न प्रधानमन्त्री बनेको हुँ, बोलेर मात्र हैन काम नै गरेर देखाउँछुः ओली

दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकास गर्न आफू प्रधानमन्त्री बनेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनसँगै मुलुक विकसित गर्ने काममा आफूले नयाँ विचार ल्याएको दावी गर्नुभयो ।
दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोडिने रतुवा पुलको आज बिहान शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले बोलेर मात्र हैन, काम नै गरेर देखाउने दृढता व्यक्त गर्नुभयो ।bhanaaa
विकासका नौलो योजनाको खाका सुनाउँदा अनेकौ आलोचना सहनुपरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “आज जनताले बुझ्न थाले, प्रम ओली साँच्चै विकासका अगुवा हुनुहुदोरहेछ भनेर ।”
मुलुकको विकास निर्माण सबैको साझा एजेन्डा भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सबै दल तथा समाजका हरेक क्षेत्र, वर्ग र पेसाकर्मी एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रम ओलीले प्राकृतिक स्रोत, साधनका अनेकौं सम्पदाको उच्चतम सदुपयोग गर्न नसकिएको बताउँदै सम्पदाको विकासमा सरकार पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।
प्रम ओलीले हाम्रो देशको चुनौती राष्ट्रनिर्माणको मात्र भएको चर्चा गर्नुहुँदै यसका लागि पनि दलबीच आपसी एकता र सहकार्य बन्नुपर्छ भन्नुभयो ।
उहाँले झापाको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसवर्ष मात्र झापाका विभिन्न नदी तथा खोला नियन्त्रण गर्न रु ७४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख शिवहरि सापकोटा, सडक विभाग पुल योजना शाखाका प्रमुख अर्जुन अर्याल, चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनाल लगायतले रतुवा खोलामा बनिने पुलको महत्वका बारे चर्चा गर्नुभयो ।
आगामी तीन वर्ष भित्रमा पूरा गर्ने लक्ष्य लिइएको सो पुलको काम एलिट कन्स्ट्रक्सन कम्पन्नीले लिएको छ । २०० मिटर लामो सो पुलको निर्माण गर्न रु १५ करोड ६८ लाख २१ हजार २५० लाग्नेछ । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog