नेपालको रक्सी पसलमा भेटिए हतियारसहित ६ भारतीय
जेष्ठ २८ | रंजन भण्डारी
महोत्तरी – जिल्लाको पोखरभिण्डा गाविसको संग्राम पुरस्थित रक्सी भट्टीबाट सात जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरीलाई बुझाएको छ ।
सुराकीको आधारमा चेक जाच गर्नेक्रममा मेड इन इन्डिया लेखेको पिस्टल एक थान, सो मा प्रयोग हुने गोली तीन थान र म्यागजिन एक थान रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमा गौशालाका अमन कुमार साह तथा भारत विहारस्थित सिरसियाका दिनेश कुमार महतो, रामवली कुमार, रंजित कुमारसुडी महुवाका हिरा कुमार महतो, राज कुमार राम तथा भारतकै लहुवाका अजित कुमार महतो गरि एक नेपाली र ६ भारतीय रहेका छन् ।
बिहारमा मदिरा प्रतिबन्धित भएपछि भारतीयहरु सीमा क्षेत्रमा रहेका नेपालको मदिरा पसलमा आउने गरेका छन् । यसमा प्रहरीले निगरानी बढाएको छ ।ratopati