Friday, June 10, 2016

उत्तर कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने

सोल, २८ जेठ । दक्षिण कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सञ्चारमाध्यमले गरेका छन् ।
ती सञ्चारले उत्तर कोरियाले पछिल्लो समयमा फेरि पनि अर्काे यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको जनाएका शुक्रबार जनाएका छन् ।chhinnn
दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशङ्का व्यक्त गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीबाट त्यस्तो अवस्था देखिएको बताउनुभएको थियो ।
उत्तरले आणविक शक्तिको धम्की दिने गरेको भन्दै उहाँले भन्नुभएको थियो– यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।
आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।
अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको दक्षिणका सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि दक्षिण कोरियाली राष्ट्रपतिले बताउनुभएको थियो ।
उहाँले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि गर्नुभयो ।
शान्तिवार्ता एवम् दुई देशबीचको समझ्दारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उहाँले बताउनुभयो ।
उत्तर कोरियाले यसैवर्षमात्र बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणहरु गर्दै आएको छ । यस्ता परीक्षणहरुले उत्तर कोरियाका विरुद्धमा विश्वव्यापी रुपमा विरोध पनि हुने गरेको छ । रासस/एपी
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog