दहेज हटाऊ बेटी बचाऊ’ भन्दै युवाहरु सडकमा ओर्लिए
काठमाडौं, २९ जेठ । ‘दहेज हटाऊ बेटी बचाऊ’ भन्दै युवाहरु सडकमा ओर्लिएका छन् ।
जेठ ७ गते दाइजोको निहुँमा लामो पारिवारिक प्रताडना पछि ‘हत्या गरिएकी’ भनिएकी वीरगन्जका सुवास शाहकी पत्नीको रहस्यमय मृत्युलाई लिएर प्रहरीले समेत अनुसन्धानमा आनकानी गरेपछि आक्रोशित बनेका युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा खबरदारी जुलुस निकालेका हुन् ।
‘हत्यारालाई कारबाही गर, महिला न्याय सुनिश्चित गर, प्रहरीले अनुसन्धान गर, दाइजो प्रथा अन्त्य गर, पीडितलाई न्याय दे’ जस्ता विभिन्न प्ले कार्ड र ब्यानर मुनि करिब ३०० विद्यार्थीहरुले विरोध जुलुस निकालेको जुलुसका सहभागी समुद्र तिमिल्सिनाले जानकारी दिए ।
सामाजिक अभियन्ता सुवास यादवको नेतृत्वमा मधेसबाट काठमाडौं आई बसेका विभिन्न पेसा व्यवसाय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु जुलुसमा सहभागी थिए ।
dainiknepal