सासू–ससुरालाई आमाबाबु बनाई नागरिकता! किर्ते गर्ने गाविससचिव पक्राउ
सासू–ससुरालाई आमाबाबु बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने गाविससचिवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले किर्ते गरी नागरिकता बनाइदिएको आरोपमा तत्कालीन डायनिया गाविसकी सचिव किरणदेवी देबलाई पक्राउ गरेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
तत्कालीन मोरङ डायनिया गाविसकी सचिव देवलाई किर्ते गरी भारतीयलाई नागरिकता दिलाएको आरोपमा रंगेली प्रहरीले पक्राउ गरेको हो। गाविससचिव देवले डायनिया गाििवसमा रहँदा १९ बैशाख २०७० मा भारत बिहार राज्यको अररिया जिल्ला सुसहरा ग्रामपञ्चायत बस्ने हैरानु पासवानलाई किर्ते नागरिकता दिलाएकी थिइन्।
डायनिया-५ मा बसोबास गर्दै आएका सासू ससुरा सुखानी पासवान र सोनाई पासवानलाई उनले हैरानुका आमाबाबु भनी सिफारिस गरेकी थिइन्। भारतीय ज्वाइँ हैरानुको बाबु बनेर ससुरा सोनाइँले सनाखत गरेका थिए। हैरानुलाई नेपाली नागरिक बनाउन सातजना स्थानीयले सर्जमिन कागजातमा सहीछाप गरेका थिए।news24nepaltv