Sunday, May 29, 2016

पूरा हुनेछन् ती संकल्प, फेरिने छ नेपाल !

वेल्चा चलाएर खाडिको तातो घाममा पोलिदै सुकोमल आफ्नै हातहरुमा रातो अछेलाहरु देख्ने रहर कुन नेपाल आमाको छोरालाई होला र ? आफ्नै घरमा आमाले पकाएको मीठो मसिनो खोले अनि शिस्नो खाएर अनि उकालि र ओरालिसग रमाएर बाच्ने रहर त तपाई हामी सबै लाई छ नै तर, बाध्यताको भुमरीमा पिल्सियर खाडिकै सपना देख्न हरदिन डिग्रीका कागजहरु जन्मिरहेका छन् । हाम्रो नेपालमा पञ्चायतका भुतहरु देशी नवसामन्तबादीहरुको हली बनेर बसिरहेको नेपाली जनताले लामो सास फेर्ने दिन अझै जुर्न सकेको छैन, आम नेपालीको आखाबाट गरिबीको आँसु पखाल्न १७ हजारको बलि चढाएर लोकतान्त्रिक गणतन्त्रको भजन गाउन नेपाली जनता सक्षम भएपनि लोकतान्त्रिक गणतन्त्र कस्तो हुन्छ त्यो नेपाली जनताले देशभित्र महशुस गर्न पाएका छैनन, मात्र खाडीको घाममा पिल्सियर बेल्चा चलाउदै गर्दा हातमा देखिने रातो डाम नै उनीहरुले नेपालमा देखेको लोकतान्त्रिक गणतन्त्र हो भनेर बुझ्न पाएका छन्, चरम गरिबी, अशिक्षा अन्धबिश्वासले जरा गाडेको नेपाली समाजको मुहार फेरिने आशामा हजारौंको बलिदान चढाएपनि तर देश झनै नाजुक हुँदै गएरह्यो देशभित्र सुनौलो भबिस्य खोजिरहेको नेपालीहरुको कहानी खाडीमा पुगेपछि मात्रै पुरा हुन्छ, भन्न त भन्छन् सपना ती होइनन् जो निदाएको बेला देखिन्छ, सपना त ती हुन जो निदाउन दिदैनन, यो यथार्थ त हो लाखौ नेपाली ले खासमा यस्तै सपना देख्छन जस्ले निदाउन दिदैनन तर ती सपना पूरा गर्ने जिम्मेवार हरु नै ती नेपालीको सपना मास्न हर सेकेन्ड तछाड मछाड गर्दैछन ।puraa
समयको प्रतिक्षा नेपाली जनतालाई निकै महङ्गो बन्दै छ, घरबाट खाडीमा रहेको दाईलाई बहिनीले फोन गर्छिन दादा भाईटिका आईसक्यो हजुर कहिले पुग्नुहुन्छ ? आमाले सोध्छिन छोरा साडि फाटियो एउटा साडि लिएर चाडै घर आउ है ? भाउजुले भन्छिन कति बिदेश मा बस्नुहुनछ ? कहिलेकाही हामीलाई पनि माया गर्नुस न, अनि दाजुले भन्छन त्यति टाढा गएर किन काम गर्नु यतै उकाली र ओरालिमा काम गरि खोले र शिश्नो खाउला ? तर यिनीहरुले कसरी बुझुन यो नेपाली शासकहरुले लेखिदिएको निधार हो भनेर ।
नेपाली जन्ताका शङकल्प हरु मात्र कल्पनाको मरुभूमि मा सपर हुदैछन प्रतिघन्टा ६०० किलोमिटर को रफ्तारमा चल्ने रेल, हिन्द महासागरमा नेपाली झन्डा गाडेको पानिजहाज, देशभित्रै हजारौं मेगावाट बिजुली उत्पादन अनि हरेकका घरघरमा पाईपलाईन दारा ग्यास बितरण यो कुनचाहिँ नेपाली ले नचाहेको होला ? तर यी सङ्कल्प पूरा हुन बर्तमान शाशकहरुबाट सम्भब छैन भन्ने सबै नेपालीलाई पढाईरहनु पर्दैन स्कुलमा पढ भन्छ जनताका छोराछोरीहरु स्कुल पुग्छन त्यहाँबाटै खाडिको भिसा लाग्छ अनि सुरु हुन्छ यो नेपाली शिर उचालि खाडितिर लम्किन्छ हरेक नेपालीहरुको मेमोरिमा यस्तै गीतहरु बज्दैछन अचेल ।
देश आकाश र जमिन जोडिएजस्तो देखिने ठाउँ छित्तिज जस्तै बन्दै छ आजको कुरा भोलि अर्कै बोल्छन, हिजो कौडिका भाउमा बेचिएका कलकारखानाहरु पुनर्जीवित हुने आश नेपालीहरुको दिमागबाट हटिसकेको छ बरु भयभर बाँकि रहेका पनि प्रभुको हातमा थमाउन तयार छन नेपाली नुन खाएर बिदेशी म्युजिकमा नाच्ने कपुतहरु । जय नेपाल र लालसलामको भजन गाएर नेपाली जनतालाई बेकुप बनाउदै तिनै खाडीमा बेल्चा चलाउन पठाएकाहरुको पसिना चुस्नेहरु चुसिरहेका छन तर पेट र परिवार पाल्न रगत बेच्नेहरुको बिचल्ली उस्तै देखिन्छ । जलस्रोतमा बिश्व को ठुलो देश नेपाल यो ईतिहासको पानामा मात्रै हो होइन भने नेपाली जन्ताको बस्तिमा गएर नियाल्दा छर्लङ्ग भैदिन्छ, ६०१ कपुतहरुलाई पाल्दा पाल्दै दुखेको नेपाली मन केही सेलायपनि त्योभन्दा ठूला अजिङ्गरहरु नेपालमा फेरि आतंक मच्चाउने तयारी गर्दैछन संविधान सभाको निर्वाचनमा जनतामाझ मिठा मिठा सपना बाड्ने भुतहरु काठमाडौ पुगेपछि बाजुरा चिन्दैनन कालिकोट चिन्दैनन हुम्ला मुगु जुम्ला र रोल्पा चिन्दैनन, फेरि तिनै झुटका दलालहरुको समर्थन भन्दा बिकल्प नेपाली जनतासँग छैन मान्छे फरक आउँदैमा जात त फेरिदैन नि ।
समय को प्रतिक्षा नेपाली जनतालाई निकै महङ्गो बन्दै छ, घरबाट खाडीमा रहेको दाईलाई बहिनीले फोन गर्छिन दादा भाईटिका आईसक्यो हजुर कहिले पुग्नुहुन्छ ? आमाले सोध्छिन छोरा साडि फाटियो एउटा साडि लिएर चाडै घर आउ है ? भाउजुले भन्छिन कति बिदेश मा बस्नुहुनछ ? कहिलेकाही हामीलाई पनि माया गर्नुस न अनि दाजुले भन्छन तेति टाढा गएर किन काम गर्नु एतै उकाली र ओरालिमा काम गरि खोले र शिश्नो खाउला ? तर यिनीहरुले कसरी बुझुन यो नेपाली शासकहरुले लेखिदिएको निधार हो भनेर ।
यतिखेर देश विषम परिबेशबाट चलिरहेको छ, कतै खान पानी छैन त कतै गाँस पाउन कठिन छ काठमाडौंमा कसैको हात काटिदा समाचारको हेडलाईन बन्छ तर बाजुरामा नुन नपाएको खबर लेखिदैन आखिर यस्तो भिन्नता नेपाली नेपालीबीच कहिलेसम्म राष्ट्र र राष्ट्रियताको खोक्रो नारा थामेर हिजो जन्तामाझ भोट माग्न जानेहरु सर्प बनेर निस्किदैछन, नेपाल र नेपाली को कहिलै पनि हित नहुने सम्झौताहरु गरिदैछ, हत्या हिसा र आतङ्क मौलाउदै छ, संसारमा नामी हिमाल नेपाली शिर सगरमाथामाथि धावा बोलिदै छ, आमूल परिवर्तनको सपना बोकेर आफुलाई देशको लागि चढाएका १७ हजारका आमाहरुले के यस्तै दिन देख्न छोराछोरीलाई अर्पण गरेका थिए ? पक्कै थिएनन । नवसामन्त बादिहरुको जमातले देशमाथि धावा बोल्दैछन त्यसरि नै तिनको प्रतिबाद बर्तमान शासकहरुले मिलेर गर्न जरुरी छ र यहाँबाटै समुन्नत नेपाल र नेपालीको परिकल्पना गर्नुपर्छ राष्ट्र र राष्ट्रियताबिरुद्ध बोल्नेको जिब्रो काटिनुपर्छ, जनतासँग घुस खानेहरुको हात काटिनु पर्छ, आतंककारीहरुलाई जेल चलान गरिनुपर्छ, हत्याका आरोपिहरुलाई मृत्युको शुलिमा चढाउनुपर्छ, बलात्कारिहरुको लिङ्ग काटिनुपर्छ, नेपाल आमालाई बेश्या भन्नेहरुको थुतुनोमा सुपरगुल हालेर टाल्नुपर्छ, तब पो नेपाल समुन्नत र प्रगतिको बाटो पन्छाउला यहि दिनको प्रतिक्षा करोडौं नेपालीले गरिरहेका छन् ।
आशा र भरोषा अनि देश बनाउन प्रमुख भुमिका निभाउने युवालाई डिग्रीको सर्टिफिकेट थमाएर आमा बाबा, बहिनी दिदी, भाउजु अनि दाजुको काख छुटाएर खाडीतिर बेल्चा चलाउन पठाइन्छ भने समुन्नत नेपाल कस्ले बनाउला ? अरबौ पैसा खर्च गरेर बर्षौ ६०१ कपुतहरुलाई पाल्ने हैसियत खाडिका भरियाहरुले राख्छन भने माथिल्लो कर्णाली किन नेपालीले बनाउन सक्तैनन् ? पश्चिम सेती किन बनाउन सक्तैनन् ? नयाँ नयाँ कलकारखाना किन बन्दैनन ? नयाँ सडक किन बन्दैनन ? सबै नेपालीहरुबाटै बनाउन सम्भव पक्कै छ, बस मात्र अवसरको खोजिमा भौतारिदैछन ती नेपालीहरु ।
सरकारले थोरैमात्रै अवसर सिर्जना गरि आह्वान गरिदिने हो भने पनि हरेक नेपाली खाडीमा चलाउने बेल्चा नेपालमै रमाएर चलाउने छन एकदिन पक्कै नेपाली पानी बेच्ने दिन आउने छ, बिजुली बेच्ने दिन आउने छ पुर्ब पश्चिम ६०१ किलोमिटरको रफ्तारमा दौडिने रेल चल्नेछ हिन्द महासागरमा एक पानिजहाज हैन पाँच पानिजहाज दौडिने छन घरघरमा ग्यास लाईन देखिने छ, अनि नेपाली टोपी शिरमा सजाएर सगरमाथाको र बुद्धको गीत गाईनेछ, नेपाली गीत घन्काएर आफ्नै देशको उद्योगमा काम गर्ने दिन आउने छ, त्यसपछि भाईटिकामा प्यारि बैनिको हातबाट टीका, आमाको लागि नेपालमा आफैंले बनाएको साडि, दाजुको अपार मायाको साथ र भाउजुको देवर भनेर नजिकैबाट बोलाउने सपना पूरा होलाकि सरकार ?
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog