Sunday, May 29, 2016

नेपाल-चीन सम्बन्धबारे चिनियाँ राष्ट्रपति भन्छन्- दाँत र ओठजस्तो निकट

काठमाडौं, १६ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल र चीनको सम्बन्ध दाँत र ओठजस्तो निकट रहेको बताएका छन् ।
राष्ट्रपति सीले नेपालको नवौं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना दिँदै नेपाल–चीन सम्बन्धबारे बताएका हुन् ।chinनेपाल-चीन सम्बन्धबारे चिनियाँ राष्ट्रपति भन्छन्- दाँत र ओठजस्तो निकट
उनले बधाई सन्देशमा नेपालको शान्ति, स्थिरता र विकासको कामना गर्दै चीन आवश्यक पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको बताएका छन् । ‘जनताको जीवनस्तर उकास्नुपर्ने कुनै पनि प्रकारको कार्यमा चीनले नेपाललाई सहयोग गर्नेछ,’ उनले भनेका छन् ।
नेपाल–चीनबीच दुईपक्षीय सम्बन्धमा भएको सुधार र सहकार्यले आफूलाई खुसी बनाएको बताउँदै उनले नेपालसँग सहकार्य गरेर अघि बढ्न चीनले चाहेको स्पष्ट पारेका छन् । उनले पछिल्लो समयमा भएको बृहत् सहकार्य आफैंमा उपलब्धिपूर्ण रहने भन्दै यसमा आफूहरूले जोड दिएको पनि उल्लेख गरे ।
चीनले यस्तो सम्बन्धको विश्लेषण यसअघि उत्तर कोरियासँग गर्दै आएको थियो । चीनले पटकपटक आफ्नो अवधारणामा उत्तर कोरियाको सम्बन्धलाई ‘लिप्स र टिथ’ को जस्तो भन्दै आएको थियो ।
नेपालसँगको सम्बन्धलाई निकै घनिष्ठ र पुरानो भन्दै आएको चीनले अहिले त्यसलाई निरन्तरता दिएको भन्दै समाचार एजेन्सी सिन्हवाले उल्लेख गरेको छ, ‘नेपाल र चीन सम्बन्ध ओठ र दाँतजस्तै नजिक छ ।’ अन्य निकट छिमेकीलाई चीनले यसैगरी सम्बन्धको निकटता उल्लेख गर्ने गरेको पुराना कूटनीतिज्ञहरूले बताए ।
कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog