प्रचण्डपुत्र प्रकाशले शानकै लागि हतियार राख्ने अनुमतिका लागि आवेदन दिए
काठमाण्डु, २३ जेठ– सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति मजबुत सुरक्षा धेराभत्रि रहँदासमेत उनका पुत्र प्रकाशले चाहिँ आफूलाई सुरक्षित महसुस गर्न सकेका रहेनछन् । त्यसको पुष्टि गर्छ, ६ महिना अघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा निजी सुरक्षा कालागि हातहतियार आयात गरी राख्न पाउनका लागि दिएको वादेनदले ।
गृहमन्त्रालय स्रोतका अनुसार शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि प्रकाशले हतियारका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आवेदन दिएका थिए । तर पटक पटक प्रयास गर्दा पनि हतियार राख्ने उनको चाहना पूरा भएको छैन । सुरक्षा थ्रेट भएको कारण देखाउँदै प्रकाशले दुईवटा बन्दुकको इजाजत लिन चाहेका खुलासा भएको छ । नेपाल साप्ताहिबाट