Wednesday, May 25, 2016

जागिर लगाइदिने भन्दै एक करोड ठग्ने पक्राउ

२०७३ जेष्ठ १२ बुधवार

ठगी आरोपमा पक्राउ परेका आरोपितहरु। तस्विर: मनोहरकुमार
राजविराज: अहेव, अनमीमा जागिर लगाई दिने भनि विज्ञापन समेत देखाई संगठित रुपमा सर्वसाधारणसँग एक करोड भन्दा बढी ठगी गर्ने गिरोहलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

सप्तरीको हुनमाननगर १ का ३२ वर्षीय राजकुमार मेहतासहित ४० जनालाई सरकारी जागिर लगाइदिने भनी ठगी गर्ने सप्तरीको देउरी ८ का ४० वर्षीय रामनारायण साह, मल्हनिया ८ का ५८ वर्षीय नन्दन प्रसाद साह र २६ वर्षीय दिपेन्द्र प्रसाद साह पक्राउ परेका हुन्।

parkauu
आरोपितहरुले १० वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका मेहतामार्फत ४० जनाबाट एक करोड छ लाख रुपैयाँ लिएका थिए। राजकुमार मेहताको उजुरीका आधारमा प्रहरीको विशेष टोलीद्वारा पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी ठगी मुद्दामा थप अनुसन्धान कार्य भईरहको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए।

यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog