इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक
काठमाडौं: इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नेपाली कामदार संख्या बढाउने विषयमा सकारात्मक जबाफ दिएका हुन् ।
‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकारात्मक जबाफ दिनुभएको छ’, इजरायलका लागि नेपाली राजदूत प्रह्लादकुमार प्रसाईंले भने । हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।
नेपाल र इजरायलबीच गत वर्ष साउनमा एक समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो । इजरायलले ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’
समझदारी पत्रअनुसार पाइलट कार्यक्रम सुरु गरी चरणबद्ध रूपमा तीन सय कामदार लिने सहमति दुई देशबीच भएको थियो । ती कामदारले इजरायलमा पाँच वर्ष काम गर्ने अवसर पाउनेछन् । -अन्नपुर्ण पोस्टnews24nepal