Wednesday, May 25, 2016

विप्लव माओवादीद्धारा जेठ अन्तिम साता नेपाल बन्दको घोषणा

१२ जेठ, काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जेठ अन्तिम साता नेपाल बन्द गर्ने भएको छ ।
सरकारले आफ्ना कार्यकर्ता बाबुराम राई पक्राउ गरेर सार्वजनिक मुद्दा लगाएको विरोधमा नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
पार्टीले सरकारले आफ्नो आग्रहलाई वेवास्था गरे नेपाल बन्द गेरर भएपनि छुटाउने निष्कर्ष निकालेको छ ।

bipal
नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले आफ्नो पार्टीले नेपाल बन्दको कार्यक्रम घोषणा गरेको बताए । उनले नेपाली हेडसाइन्ससँग भने,‘हाम्रो पार्टीका बाबुराम राईलाई विना कारण पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइको छ, राईलाई छुटाउन जेठ अन्तिम साता नेपाल बन्द हुन्छ ।’ राई पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव हुन् ।

विप्लव माओवादीले नेपाल बन्दको दिन भने तोकेको छैन ।nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog