Tuesday, May 24, 2016

सङ्गम होटल हत्याकाण्डका मुख्य नाइके भारतबाट पक्राउ

भीमदत्तनगर, गत वैशाख २३ गते राति कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा रहेको सङ्गम होटलका दुईजना मजदुरलाई हत्या गर्ने मुख्य नाइके भारतबाट पक्राउ परेका छन् ।
प्रहरी निकट स्रोतका अनुसार हत्याका मुख्य नाइके कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका माओवादीका पूर्वलडाकुसमेत रहेका तारा बोहरा भारतको चण्डीगढ क्षेत्रबाट पक्राउ परेका हुन् ।nakk

गत वैशाख २३ गते राति बोहराले यहाँस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलमा कार्यरत मजदुर बाजुराका २१ वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटलभित्रै हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

“हत्या गरिनुअघि बोहराले दुवै जनासित होटलमै मादकपदार्थ सेवन गरेको देखिएको छ”, प्रहरीले भन्यो–“हत्यामा हँसियाको प्रयोग गरिएको छ ।” हत्यापछि सोही राति उनी भीमदत्तनगरकै एक होटलमा बास बसेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोली अभियुक्त बोहरालाई पक्राउ गर्न चण्डीगढ पुगेको थियो । भारतीय सुरक्षा निकायको सहयोगमा उनलाई पक्राउ गरेर भीमदत्तनगर पु¥याएको भए पनि घटनाबारे प्रहरीले जानकारी गराउन चाहेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले घटनाका बारेमा बुधबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिनुभयो । प्रारम्भिक प्राप्त जानकारीअनुसार बोहराले केही समयअघि सोही होटलमा काम गरेको र सोही बेला हत्या गरिएकाहरुसित खटपट भएको थियो । बीच बजारमै मजदुरको हत्या भएपछि दबाब महसुस गरेको प्रहरीले घटनाको विस्तृत अनुसन्धान थाल्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत खटाएको थियो ।

हत्यालगत्तै फरार रहेका बोहरालाई बिहान भीमदत्तनगर पु¥याएसँगै प्रहरीले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । उनले हत्यापछि आफूसित रहेको मोबाइल सेट भारतीय सीमावर्ती सहर बनबासामा बिक्री गरेको भएपछि प्रहरी टोली बनबासा पुगेको थियो ।

त्यसैगरी, सोही घटनामा गम्भीर घाइते भएका अर्का मजदुर पदमराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस
news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog