Wednesday, June 15, 2016

चीनबाट आयो फेरि अर्को खुसीको खबर, अब झन् सहज

बुधबार, १ असार

काठमाडौं । नेपाल भुपरिवेष्ठित मुलुक हो र छिमेकी भारत र चीनले नेपाललाई घेरेका छन् । तीन तीर भारत र उत्तरतीर चीन नेपालको छिमेकी मुलुकका रुपमा रहेका छन् ।
दुवै मुलुक विश्वमा आथिृक क्रान्ति मार्फत् उदाइरहेका छन् । तर, छिमेकी भारतले लगाएको नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र जर्जर भएका बेला चीन तर्फ बैको आँखा गएको छ ।ayoo
तर, विकट भौगोलिक बनाओट, भाषा गत समस्या लगायतले गर्दा चीनसँगको व्यापारमा नेपाल पछाडी छ । अहिले भने नेपाल र चीनका बीचमा विभिन्न नाकाहरु खुलाउने प्रयत्न जारी छ ।
यसै क्रममा चीनसँगको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमाना क्षेत्रमा भिड समेत बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ पुगेका छन् ।
ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालयलाई पनि सरकारले सक्रिपारेको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिएका छन् । उनले ब्यापारीलाई सहज बनाउन नाकामा कुनै पनि कानुनी झन्झट आउन नदिने बताए ।
हिउँ नपर्ने भएकोले अनुकुल मौसम पारेर सिमाना खुलाइएको हो । नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीन तर्फको स्थानमा जानुपर्नेछ जनाइएको छ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठुलो बजार छ ।
चीनले दिर्घकालीन रुपमै कोरला नाका खोल्न ३० किमी पर ढुंवासेन बजारबाट सिमाना नजिकै सडक बिस्तार समेत गरिसकेको छ ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog