Saturday, June 11, 2016

नयाँ शक्ति पार्टी घोषणा सभामा तेस्रोलिङ्गी

काठमाडौँ, नयाँ शक्ति, नेपालको पार्टी घोषणासभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आएका छन् ।

डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले आइतबार खुल्लामञ्चमा पार्टी घोषणा गर्दैछ । उक्त सभामा सहभागी हुन झन्डै एक हजार पाँच सय समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आइसकेको नीलहिरा समाजकी अध्यक्ष एवम् नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद् सदस्य पिङ्की गुरुङले जानकारी दिनुभयो ।garenea
विगत १६ वर्षदेखि अधिकार प्राप्तिको अभियान चलाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी र अन्तरलिङ्गी समुदायले आइतबार रत्नपार्कबाट बाजागाजा, झाँकी, विभिन्न वेशभूषासहित ¥याली निकाल्ने छन् ।

सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि नयाँ शक्तिले आफ्नो समुदायले मुद्दा बोकेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– “पहिलोपटक नयाँ शक्तिको सदस्यता फारममा तेस्रोलिङ्गी उल्लेख हुनु एउटा उपलब्धि हो ।”

अहिलेसम्म अरु कुनै पनि राजनीतिक दलले तेस्रोलिङ्गी उल्लेख गरेर सदस्यता फारम वितरण नगरेको यस दलका नेताको आरोप छ । यसैबीच देशलाई समृद्ध बनाउने डा भट्टराईको अभियानमा साथ दिन आफूहरु राजधानी आएको तेस्रोलिङ्गीहरुले बताए ।

पार्टी घोषणा सभामा समलिङ्गी तेस्रोलिङ्गीले नित्य प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog