Monday, May 30, 2016

‘छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्दैन’

१७ जेठ, काठमाडौँ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।

नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए । 7“हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिषरमा एकत्रित भएका पत्रकारलाई उनले भने । उनले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताए ।

सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भने । उनले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताए। उनले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गरे राससnepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog