Monday, May 30, 2016

१० करोड फिरौती बुझाएर उद्यागी केडिया अपहरणमुक्त भएको खुलासा

जेठ १७

काठमाडौं – गत बिहिबार बाराको बरियारपुरबाट अपहरणमा परी भारत पुर्याएका केडिया अर्गनाइजेसनका सदस्य सुरेश केडिया १० करोड रुपैयाँ फिरौती बुझाएर अपहरणमुक्त भएको खुलासा भएको छ । भारतीय न्युज च्यानल आज तकले पारिवारि स्रोतको हवाला दिँदै १० करोड फिरौती बुझाएको दाबी गरेको छ ।

khulasa
समाचारमा फिरौती रकम काठमाडौंबाट मुम्बई पठाइएको उल्लेख छ । उक्त रकम ५–५ करोड दुई किस्तामा मुम्बाई पठाइएको बताइएके छ । रकम बुझेपछि अपहरणकारीले केडियालाई मोतिहारीको एक गाउँमा ल्याएर छाडेको र अपहरणकर्ताले नै प्रहरीलाई केडिया उक्त गाउँमा रहेको सूचना दिएको समाचारमा जनाएको छ ।

प्रहरी स्रोतलाई उल्लेख गर्दै थप भनिएको छ, ‘सुरेश सद्भवाना पार्टीका सांसद् विमल केडियाका भाई हुन् । उनले नै केडियालाई रिहा गर्न १० करोड रुपैयाँ जुटाएका थिए । भाई अपहरणमा परे पनि केडिया तीन दिनसम्म काठमाडौं छाडेर वीरगंज गएनन् ।’ काठमाडौंमै बसेर फिरौती रकम जुटाउने र मुम्बई पठाउने काममा सांसद् केडिया लागेको समाचारमा दाबी गरिएको छ ।

भारतीय प्रहरी र केडियाको बयान बाझियो

भारतीय प्रहरी र अपहरणमा परेका सुरशे केडियाको बयान पनि बाझिएको छ । रक्सौलामा आयोजित पत्रकार सम्मेलनमा केडियाले अपहरणकर्ताले कालो चस्मा लगाइदिएर आफूहरुलाई उक्त स्थानमा छाडे र गएको बताएका थिए । तर, बेतियाका एसपी विनय कुमार र मोतिहारीका एसपी जितेन्द्र राणाले भने केडिया सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी देखेपछि अपहरणकारी भागेको दाबी गरेका थिए ।

उता, नेपाली मिडियाले विहार कारागारमा सजाय काटिरहेका बब्लु भनेर चिनिने मिथिलेस दुवेको योजनामा उनको समूहले अपहरण गरेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । यसअघि भारतीय मिडिया दैनिक भास्कर र लाइभ हिन्दुस्तानको अनलाइन संस्करणले केडियासँग फिरौतीबापत १ अर्ब रुपैयाँ माग गरिएको समाचार प्रकाशित गरेका थिए ।
ratopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog