अब विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने
काठमाडौं, १५ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने उल्लेख गरिएको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्रीले भने– ‘विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाएका छौं ।’
केपी ओली नेतृत्वको सरकारको यो निर्णयपछि अब विदेशमा बसेर पनि नेपालमा हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ ।
dainiknepal