महत भन्छन्, ‘सरकारले ल्याउने लाेकप्रिय बजेटबाट काँग्रेस तर्सिनुहुन्न’
शनिबार, १५ जेठ
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताएका छन् ।
काँग्रेस मध्यपुर थिमिनगर समितिले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु नपर्ने भन्दै बजेट अाएपनि कार्यान्वयन नहुने ठाेकुवा गरे ।महत भन्छन्, ‘सरकारले ल्याउने लाेकप्रिय बजेटबाट काँग्रेस तर्सिनुहुन्न’
काँग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा महतले भने, “काँग्रेस सधैँ प्रतिपक्ष बस्छ भन्ने छैन, गणपूरक सङ्ख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’’
कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यस काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, काँग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।
nepalsandesh