बजेट आकर्षण : कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था
सरकारले कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरेको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो को जानकारी दिएका हुन् ।
बजेटमा मुख्यबालीहरुको मुल्य बाली लगाउनुअघि नै तोकिने उल्लेख गरिएको छ ।
यस्तै विउ तथा बालीको संरक्षण र माटो परीक्षण सेवा दिइने व्यवस्था गरिएको छ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
यस्तै कृषिको सुपर जोन प्रत्येक प्रदेशमा स्थापना गरिने पनि बजेटमा उल्लेख छ ।
ratopati