सरकारका पाँच सय कर्मचारी एकाएक यसरी भए बेपत्ता
काठमाडौं, ३२ जेठ । सरकारी सुविधामा लाखौं रकम खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै बेपत्ता हुने क्रम बढ्दै गएको छ ।
सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै बेपत्ता भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसरी बेपत्ता हुने कर्मचारीको खोजी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार लोमो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उत्तै बेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँच सयभन्दा बढी छ ।
विदेश अध्ययन गर्न गएर बेपत्ता भएका कर्मचारीलाई सरकारले निजामती सेवा ऐनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ ।
तर, सरकारी नियासँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड नै छैन । यस विषयमा कर्मचारीको रेडर्क राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालय आफैं बेखवर छ ।
dainiknepal