Monday, June 13, 2016

आउँदो साताबाट मात्र मनसुन सुरु हुने,वायुहरुको सम्मिश्रणले तीन महिनासम्म पानी पर्ने अनुमान

विगतका वर्षहरुमा असार मसान्त लागिसक्दा पनि पानी नपर्दा सबैभन्दा बढी खेती किसानी गर्ने कृषकहरु मारमा पर्ने गर्दथे । तर यसपाली भने किसानहरुलाई प्रकृतिले नै साथ दिने निश्चितप्राय भएको छ । आउँदो साताबाट नियमित मनसुन शुरु भई निरन्तर वर्षा हुने मौसमविभागले पूर्वानुमान गरेको छ ।aucha
असारको महिना कृषकहरुले खेतीपाती गर्ने मूख्य समय हो । विशेष गरि यो समयमा धान रोपाइँ गर्ने भएकोले वर्षा अनिवार्य मानिन्छ । तर विगतका वर्षहरुमा समयमा पर्याप्त पानी नपर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए । हरेक वर्ष जुन १० देखि मनसुन शुरु हुने विश्वास गरिन्छ ।

तर यो वर्ष पनि प्रि मनसुनमा भएको गडबढीले केही दिन मनुसन ढिलो सुरु हुने भएको मौसमविद् समिर श्रेष्ठले बताउँनुभयो । तर यसपटक वायुहरुको सम्मिश्रणले लामो समय अर्थात तीनमहिनासम्म पानी पर्नसक्ने बताउनुभयो ।

मौसमविद श्रेष्ठले हाल जलवाष्पयुक्त हावा बंगालकै आसपासमा रहेको बताउँदै प्रि मनसुनका कारण केही स्थानमा भने छिटफुटरुपमा वर्षात् भइरहेको बताउनुभयो ।

उँहाले मनसुन अझै उत्तर नेपालतर्फ सर्ने क्रममै रहेको जानाकारी दिनुभयो । जलवाष्पयुक्त बायु पुर्वी भारत प्रवेश गरिसकेकोले पूर्वी नेपाल अर्थात ताप्लेजुङबाट वर्षात शुरु हुने मौसमविद श्रेष्ठले बताउँनुभयो ।news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog