Monday, June 13, 2016

नेपाल पस्यो भाजपा, हिन्दु राज्यका लागि करोडौँ लगानी, युवा परिचालन गर्ने तयारी

३२ जेठ, काठमाडौं ।

नेपालको संविधानमा असन्तुष्टि राखेको भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यको अभियानका लागि नयाँ मिशनको तयारी गरेको छ । भारतको बटमलाईन नेपालको मधेस क्षेत्रको मागमात्र नभएर धर्म निरपेक्षता पनि संविधानबाट हटाउनुपर्ने नै हो ।

तर, धर्म निरपेक्षतालाई संविधानसभाले अनुमोदन गरेपछि नेपालमा क्रिश्चियनहरुको प्रभाव बढाउन पश्चिमाहरुको प्रवेश नेपालमा सहज हुने त्रासले भाजपाले पनि नयाँ मिशनको तयारी गरेको हो ।paro

हिन्दू राज्यको अभियानमा नेपालमा सक्रिय रहेका राप्रपा नेपाल, हिन्दू युवा संघ, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का खेमा लगायत अब गैर सरकार संस्था (एनजीओ) मार्फत पनि अभियान तिव्र हुन लागेको छ ।

यो अभियानका लागि भारतका हिन्दूवादी संस्था, बाबाहरुले आर्थिक सहयोग जुटाउनेछन् । खासगरी काली बाबाले नेपाल हिन्दू राज्य बनाउनका लागि भाजपाका नेताहरुलाई सहयोग गर्नेछन् ।

उता, नेपालमा रहेका धार्मिक आवरणका गुरु कमलनयानाचार्य, जगतगुरु बालसन्तलगायतको पनि सक्रियता बढाइने भएको स्रोतले जनाएको छ । ‘नेपालमा पश्चिमा हस्तक्षेपलाई निस्तेज पार्नेमात्र होइन, भारतीय हैकमवादलाई हावी गराउनका लागि संविधान कुनै हालतमा संशोधन गरी हिन्दू राज्यका लागि बहुमत जुटाउने खेल निरन्तर चलिरहेको छ ।’, स्रोतले भन्यो,‘हिन्दू राज्यका लागि भएका विभिन्न आन्दोलन र मागहरु यी केही होइनन् पुरै सिस्टम नै हिन्दू बनाउने मिशन तयार गरिएको छ ।’

स्रोतका अनुसार असार महिनादेखि यो वर्षका लागि कम्तिमा २० करोड रुपैंया युवाहरुको हिन्दू मिशनका लागि खर्च हुने भएको छ । हिन्दू राज्यको अभियानका लागि नेपालमा विभिन्न राजनीतिक दलहरु छाडेका युवाहरुको एनजीओ बनाएर त्यसमार्फत गाउँ गाउँमा कार्यक्रम लैजाने तयारी भएको छ ।

त्यसको योजना असार पहिलो साता भाजपाका नेपाल हेर्ने उपाध्यक्ष भगतसिंह कोसीयारीसँग विभिन्न तहमा छलफलको तयारी भएको छ ।

भाजपाको नीतिका विषयमा पार्टीकी उपाध्यक्ष रेणु देवीले नेपालको सार्वजनिक फोरममा दिएको अभिव्यक्तिले नै पुष्टि गरेको थियो । उनले नेपाल जातीय राज्य र धर्म निरपेक्षतामा गए भारतलाई मान्य नहुने संविधान जारी हुनुपूर्व नै बताएकी थिइन् ।

भाजपाको आधिकारीक लाइन नै नेपाल हिन्दू राज्य हुनुपर्ने रहेको उनको जिकीर विवादास्पद भएको थियो । तर, उनले तथ्यमा टेकेरे उक्त अभिव्यक्ति दिएकी थिइन् । रेणुदेवीको अभिव्यक्तिका विषयमा नेपाली मिडियामा समाचार छ्यापछ्याप्ती आएपछि त्यसको औपचारिक खण्डनका रुपमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको थियो ।

यो अभियानमा भाजपाका विभिन्न तहका नेताहरुको सक्रियता बढिरहेको छ । प्रचार विभागमा रहेका नेता विजय जोली, विहारका विधायक सुशीलकुमार जैसवाल, सन्दीप श्रीवास्तव, झारखण्डका विधायक शिवशंकर ओराओनलगायतका भाजपा नेताहरुले नेपालमा हिन्दूकरणका लागि दबाब दिइरहेका छन् ।

सरकार गिराउनेदेखि अस्थिर राजनीतिक अवस्था सृजना गरी संसदमा भारतीय दबाबमा रहेको बहुमत खडा गरी नेपाललाई हिन्दू राज्यका रुपमा स्थापित गराउन यीनिहरुको सक्रियता रहेको छ । सन्दीप श्रीवास्तव त बारम्बार नेपालमा आएर यहि अभियानमा सक्रिय रहेका छन् ।

सरकार गिराउनेदेखि भारतीय स्वार्थलाई नेपालको संविधानमा लिपिबद्ध गराउनेसम्मको खेलमा भाजपाका नेताहरु लागेका छन् ।

हिन्दू राज्यको अभियानमा लाग्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भारतीय पक्षले सुझाव दिएको थियो । पछिल्लो भारत भ्रमणका क्रममा पनि थापालाई संविधान संशोधनका पक्षमा उभिएर हिन्दू राज्यको वकालत गर्नका लागि दबाब भाजपाले दिएको छ ।

अर्कातिर नेपाली कांग्रेसमा प्रभाव जमाउन थालेका नेता खुमबहादुर खड्कालाई पनि भाजपाले हिन्दू राज्यका लागि अभियान बलियो बनाउनका लागि लगानी र दबाब दिएको स्रोत बताउँछ । खड्काले त हिन्दू राज्यका लागि २/४ सय मान्छे मरेपनि अभियान नछाड्ने योजना बनाएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog