Sunday, June 5, 2016

२५ वर्षभित्र संसारकै धनी देश बनाउँछुः बाबुराम

२०७३ जेष्ठ २३ आईतवार

‘नयाँ संविधानलाई पूर्ण बनाऔँ’
भक्तपुरः नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताएका छन् ।ramromlea

ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भने, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।’

बाबुरामले यो सब यही पुस्ताले गर्नुपर्ने समेत बताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने समेत बताएका छन् । ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ,’ बाबुरामले भने ।

त्यस्तै डा. भट्टराईले नयाँ संविधानलाई सबैले स्वीकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताएका छन् ।

उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे ।

मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्नेमा समेत जोड दिएका छन् । रासस
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog