काठमाडौंको बुढानिलकण्ठमा गाँजा खेती, एक पक्राउ
काठमाडौं, ३० जेठ । राजधानीमै गाँजा खेती हुने गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुढानिलकण्ठ नगरपालिका–१९ कपन पैयुटार बस्ने ३३ वर्षीय राम कुमार नगरकोटीलाई प्रहरीले १ केजी लागू औषध गाँजा तथा गाँजा प्याकिङ गर्ने प्लाष्टिकको झोलासहित पक्राउ गरेको हो ।
नगरकोटीले आफ्नै घर वरीपरी गाँजा उत्पादन गरी बिक्रि बितरण गर्दै आएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई उक्त गाँजा सहित पक्राउ गर्नुको साथै १८५ बोट गाँजा समेत फडानी गरेको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal