Sunday, June 12, 2016

बाबुरामको १० बुँदे सपथमा के छ ? (पूर्ण पाठ)

काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरी आफ्ना सदस्यहरुलाई सपथ खुवाएका छन् ।
१० बुँदे सपथको अन्तिममा “नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु” भन्ने उल्लेख छ ।
शपथ–ग्रहणको पूर्ण पाठःpat
म, (नाउँ) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
म, सधैं श्रमको सम्मान गर्नेछु ।
म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
नयाँ शक्ति नेपाल, जिन्दावाद !
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog