दशरथ रंगशालाबाट बाबुरामले गरे नयाँ शक्ति नेपाल पार्टीको घोषणा
काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापना भएको घोषणा गरेका छन् ।
आइतबार दिउँसो संयोजक बाबुरामले सम्बोधन गर्दै औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा सबै पार्टीका नेताहरु र देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।
तत्कालिन एमाओवादी परित्याग गरी आर्थिक क्रान्तिको नारासहित नयाँ शक्ति अभियान प्रारम्भ गरेका बाबुरामले आइतबार त्यसलाई औपचारिक रुपमा नयाँ पार्टी स्थापना गरेका हुन् ।
बाबुरामले आज रंगशालामा उपस्थित भएकाहरुलाई पार्टीको सदस्यको रुपमा सामूहिक सपथ पनि खुवाएका छन् ।
dainiknepal