भुवन केसीले पच्चीस लाख क्षतिपूर्ति पाए
काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतिपूर्ति पाएका छन् । ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतिपूर्ति पाएका हुन् ।
ड्रिम्स पाइरेसी भएको दाबीसहित भुवनले १ करोड क्षतिपूर्तिको मागदाबीसहित उजुरी दिएका थिए । पाइरेसीको कार्यमा बिधान गुरुङ र चन्द्र नागाजु लागेका थिए । उनीहरूले प्रहरी समक्ष आफूहरूले पाइरेसी गरेको स्वीकार गरेका छन् ।
भुवनको फिल्मले २५ लाखा चोखो कमाइ ग¥यो कि गरेन तर, पाइरेसीका नाममा चोखो २५ लाख भने झ्वाम पार्न पाएका छन् । यो उनको लागि राम्रो पक्ष भएको छ ।
भुवनले प्रहरीको साइबर क्राइममा उजुरी दिएपछि प्रहरीले बिधान र चन्द्रलाई पक्राउ गरेर कारबाही थालेको थियो । हाइलाईट्स नेपालको यो चोरी कार्यको पर्दाफाससँगै पाइरेसीमा केही कमी आउने चलचित्रकर्मीहरूको भनाइ छ ।
हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो । भवनले फिल्मबाट राम्रो कमाइ गरेको दाबी गर्दै आएका छन् । तर, उनले राज्यलाई कति राजश्व तिरेका छन् सो विषयमा केही बताउन मान्दैनन् ।
dainiknepal