Sunday, June 12, 2016

बाबुरामलाई शान्ताको सुझावः आत्मसमर्पणवादले तपाईको कहिल्यै भलो हुनेछैन्

काठमाडौं, ३० जेठ । पूर्व सभासद शान्ता चौधरीले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आत्मसमर्पणवाद त्याग्न सुझाव दिएकी छिन् ।
भट्टराईले आज घोषणा गरेको नयाँ पार्टीलाई शुभकामना दिँदै शान्ताले आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सके मात्र बाबुराम र नयाँ शक्तिको हुने भनेकी छिन् ।
बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन भन्दै शान्ताले तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो भनेकी छिन् ।sujap
यस्तो छ शान्ताको सुझावः
कुनै जमानमा यो देशले बहुप्रतिक्षा गरेको, देशको कायापलट गर्ने सपना बाड्दै १० वर्षे हिंसात्मक युद्वको नेतृत्व गरेका अनि शान्तिपूर्ण राजनीतिमा आएपछि प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको नेतृत्वमा आज नयाँ पार्टीको घोषणा गरिएको छ । बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो । नयां पार्टी खोल्दैमा देशका तमाम समस्या समाधान हुन्छन भन्नु फेरी एक भ्रम सिवाय केहि होइन । बाबुरामजी इतिहासको अग्निपरीक्षमा परिक्षण भइसकेको व्यक्ति हो । उहांका विषयमा उहांको पूर्ववर्त पार्टी र बाहिर जनताका विचमा पनि सम्भवत अव कुनै भ्रम बांकी छैन । हो म मा तपाईको जस्तो डिग्रीको सटिफिकेट छैन, कक्षा नौ मा पढदैछु र पनि राष्ट्र र राष्टियता अनि सबैखाले अतिवादविरुद्वमा शिरमा कफन बाधेरै, भयानक बजोखिम मोलेरै उभिएकै छु । किनपनि भने मलाई देशका जनता र राष्ट्रियता भन्दा ठूलो कुनै वाह्य शक्तिकेन्द्र हुन भन्ने भ्रम जति नै अनपढ भएपनि छैन र नागरिक आवाजमा म भरपूर विश्वास गर्छु । पढाइको दम्भलाई तपाईले कति ठाउंमा कतिपय व्यक्तिका सन्र्दभमा अति भद्दा रुपमा प्रस्तुत गर्ने गर्नुभएको छ जुन विद्वताको सरासर दुरपयोग हो भन्ने लाग्छ । तपाईका विषयमा सबैभन्दा पेचिलो प्रश्न हो राष्ट्रियता सम्बन्धि तपाईको अडानको प्रश्न । यो प्रश्नमा पुनर्विचार गरेर आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सक्ुनभो भने तपाईको अनि तपाईको दलको भलो हुनेछ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog