ओली सरकार गिराउन माओवादीले फेरि षड्यन्त्र गरेको खुलासा
भक्तपुर, ३० जेठ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बिभिन्न दलहरुसँग छलफल सुरु भइरहेको बताउनु भयो ।
बिभिन्न फुटबाट एक जुट भएको माओवादी केन्द्रमा ढिलाचाँडो किरण, बाबुराम र बिप्लब आउने भुसालले दाबी गर्नुभयो ।
उहाँले आफ्नो पहिचान देखाउन गरिने शक्ति प्रदर्शन कुनै नौलो नभएको बताउनु भयो । ‘माओवादीलाई चट्क्कै छाडेर जानुको साटो माओवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुन्छ’, उहाँले भन्नुभयो ।
मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न माओवादी केन्द्र सक्षम रहेको प्रवक्ता भुसालले उल्लेख गर्नुभयो भयो ।
चीन तर्फका नाका बिस्तारका लागि नेपाल सरकार प्रधानमन्त्रीले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नु पर्ने उहाँको टिप्पणी छ ।
dainiknepal