Thursday, June 2, 2016

भारतीय दूतावासले नेपाललाई मुछेर किन जारी गर्‍यो सर्कुलर ?

काठमाडौं, २० जेठ । भारतले चीनको कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई नेपालको नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले मार्ग प्रयोग नगर्न भनेको हो ।kina
‘ठूलो संख्यामा भारतीय नागरिक निजी पहलमा नेपालगन्ज–सिमिकोट–हिल्सा हुँदै कैलाश मानसरोवर गइरहेका छन् । यीमध्ये केहीले हिल्सा र सिमिकोटमा बसोबासको समस्या भोग्नुपरेको सूचना हामीलाई प्राप्त भएको छ,’ ट्राभल एडभाइजरीमा उल्लेख छ, ‘आगामी साता यी स्थानमा मौसमको अवस्था झन् बिग्रने देखिन्छ । भारतीय नागरिकलाई नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न हाम्रो सुझाव छ।’
खराब मौसमका कारण हिल्साबाट सिमिकोट र सिमिकोटबाट नेपालगन्ज उद्धार गर्न अप्ठेरो भएको भारतले जनाएको छ । तीर्थयात्रीको समयमै उद्धार गर्न नेपाल सरकार र ट्राभल एजेन्सीको सहयोगमा सबै सम्भावित विकल्प खुला राखिएको समेत बताइएको छ ।
नागरिक दैनिकमा समाचार छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog