Thursday, June 2, 2016

बिना रकम काम गर्दैनन् खानेपानी कर्मचारी

जनकपुर, २१ जेठ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् ।
नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका केही कथित कर्मचारीले रु पाँच हजार ६०० दस्तुरको रसिद दिए पनि रु २५ हजारदेखि ३० हजारसम्म लिने गरेको खुलासा भएको छ । करिब एक महिनादेखि खानेपानी पाइप जडानका लागि कार्यालय धाउँदा पनि काम हँुँदैन त्यहाँकै केही कर्मचारीलाई रसिदभन्दा बढी रकम दिएपछि तुरुन्त हुने गरेको उपभोक्ताले दावी गरेका छन् । त्यहाँका कर्मचारीले खाल्डो मात्र खन्दा चार हजार रुपैयाँ लिने गरेको र कार्यालयकै केही कर्मचारीले उपभोक्तासँग बार्गेनिङ गरेर बढी रकम उठाउने गरेको सेवाग्राहीको आरोप छ ।paisa
जनकपुर उद्योग वाणिज्य संङ्घका वरिष्ठ उपाध्यक्ष विजय साहले आफूले नै पटक–पटक खानेपानी पाइप जडानका लागि जाँदा कर्मचारीको अभाव देखाउँदै करिब एक महिनासम्म दौडाएका बताउनुभयो । त्यहाँकै कर्मचारी महेन्द्र महतो र स्टोरकिपर पुरन चौधरीले पैसाको बार्गेनिङ गर्दा नदिँदा जडान गर्न नमानेपछि प्रमुख जिल्ला अधिकारी दिलीप चापागार्इंसँग गुनासो गरेपछि एक दिनमा नै सबै काम भएको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष साहले बैंकबाट ऋण लिन जाँदा पनि त्यति कागजात चाहिँदैन, त्योभन्दा बढी कागजात खानेपानी पाइप जडानका लागि माग्ने गरेको बताउँदै तर बढी रकम दिएपछि एक क्षणमा नै कार्य हुने गरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी संस्थान एउटा भ्रष्टाचारको अखाडा बनिसकेको छ । यो संस्थान बढी रकम तिर्नेहरुका लागि मात्र रहेको छ । सामाजिक संस्थान भए पनि समाजबाट लुट्ने संस्थाको रुपमा रहेको छ ।”
यस सम्बन्धमा संस्थानका प्रमुख सुरेशकुमार महतोसँग जिज्ञासा राख्दा उहाँले यस बारेमा आफूलाई केही जानकारी नरहेको बताउँदै कर्मचारीको अभावको कारण काम ढिलो हुने गरेको स्वीकार्नु भएको छ ।
स्वच्छ पानी आउँदैन
खानेपानी संस्थानले वितरण गरेको पानी फोहर, कालो तथा गन्हाउने भएकाले सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको गुनासो सुनिन थालेको छ ।
जनकपुर उपमहानगरपालिका–६ बस्ने मो हैदर खाँले लिएको खानेपानीको धारामा यस्तै फोहर पानी आउन थालेपछि उनले विकल्पका रुपमा चापाकल जडान गरेको बताउँछन् । यहाँका अधिकांश धारामा यस्तो पानी आउन थालेपछि सेवाग्रहीहरु चिन्तित बन्न पुगेका छन् । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog