Thursday, June 2, 2016

देशको समृद्धिका लागि ओली सरकारलाई सबै दलले सहयोग गरौंः सुजाता

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसकी नेतृ एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले वर्तमान सरकार ढाल्ने सपना नदेख्न सबैलाई चेतावनी दिएकी छिन् ।ann
‘सरकार ढाल्ने र सरकारको काध फेर्ने कुराको कल्पना नगर्दा हुन्छ,’ बिहिबार राजधानीमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपालले आयोजना गरेको नेपाल समृद्धका लागि नागरिक-राजनीतिक सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्- ‘अहिलेको सरकारलाई कम्तीमा दुई वर्ष काम गर्नै दिनुपर्छ ।’
गणतन्त्र प्राप्तिका लागि सबै दलहरुले गिरिजा बाबुको नेतृत्वलाई साथ दिएको स्मरण गर्दै सुजाताले अब देशको समृद्धिको लागि केपी ओली नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखिन् ।
‘विगतमा गणतन्त्र प्राप्तिको लागि गिरिजा बाबुलाई सबै दलहरू मिलेर उहाँको नेतृत्वलाई सहयोग गरे,’ उनले भनिन्– ‘अब देशको समृद्धिको लागि त्यसैगरी ओली सरकारलाई सबै दलले सहयोग गर्नुपर्दछ ।’
उनले अगाडि भनिन्– ‘गिरिजा बाबुलाई सबै कम्युनिष्टले सहयोग गरे, अनि गनतन्त्र ल्याउन सफल भयो । अब नेपाली कांग्रेसले पनी ओली सरकारलाई सहयोग गरेर देश विकासतर्फ ल्याउनुपर्छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog