सोनीले ल्यायो सेल्फीमा फ्ल्यास भएको स्मार्टफोन
२०७३ जेष्ठ १९ बुधवार
एजेन्सी: सोनीले यूरोपमा नयाँ स्मार्टफोन एक्सपेरिया इफाइभ सर्वजनिक गरेको छ। जसको मूल्य १९९ युरो राखिएको छ।
यो स्मार्टफोनमा दुई प्रकाको हुने छ,एउटामा सिंगल सिम सपोर्ट गर्नेछ भने अर्कोमा डब्बल सिम सपोर्ट गर्नेछ।
५ इन्च एचडी डिस्प्ले रहेको यो स्मार्टफोनमा १.३ गिगाहर्जको मेडिया टेक कवार्डकोर प्रोसेसर तथा १.५ जीबीको र्याम रहेको छ।
साथै यसको इन्टरनल मेमोरी १६ जीबी छ, जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर २ सय जीबीसम्म बढाउन सकिनेछ।
यसले फोटोग्राफीको लागि पनि निकै उपयुक्त मानिएको छ। जसको लागि यसमा एलइडी फ्ल्याशको साथमा १३ मेगापिक्सेलको रियर कयामरा र ५ मेगा पिक्सेलको सेल्फी क्यामरा राखिएको छ। सोनीले अरु मोबाइलमा नभएको एलइडी फ्ल्याश सेल्फी क्यामरामा समेत जडान गरेको छ।
एन्ड्रोइड ६.०.१ मार्समेलो अपरेटिङ सिष्टममा चल्ने यो स्मार्टफोनमा २ हजार ७ सय एमएएचको ब्याट्री समाहित छ। जसले दुइदिनसम्म ब्याकअप दिने कम्पनीले दाबी गरेको छ।
यसको साथै कनेकटीभिटीको लागि यसमा एनएफसी, फोरजी एलटीई, एफएम रेडियो, ब्लूटूथ तथा जीपीएस लगायतका उत्कृष्ट फिचरहरु समावेश गरिएका छन्। तर यो स्मार्टफोन विश्व बजारमा कहिले आउँछ भन्ने चाहि कम्पनीले खुलासा गरेका छैनन्।
annapurnapost