राम श्रेष्ठले पाए एमालेको मुख्यालय भत्काउने जिम्मेवारी
काठमाडौं, १९ जेठ । सत्तारुढ नेकपा (एमाले) बुल्खुस्थित पार्टी कार्यालय भत्काउनका लागि राम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
कार्यालय व्यवस्थापन कार्यदलको आज धुम्बाराहीमा बसेको बैठकले विनाशकारी भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित एमाले केन्द्रीय कार्यालय भवन सुरक्षितसाथ भत्काई त्यसका सबै सामग्री हटाउन काठमाडौं– ११ माइतीघरका राम श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
भवन भत्काएर घडेरी सफा गर्न २०७३ जेठ ११ गते एमालेले सार्वजनिक सूचना जारी गरेको थियो । सूचना जारी भएपछि १८ वटा संस्था/व्यक्तिहरूबाट आशयपत्र प्राप्त भएका थिए ।
प्राप्त आशयपत्रअनुसार अधिकतम क्रमशः ३१,००,००१।–, २७,१५,५५५।– र २७,०५,५२५।– लगायत न्यूनतम ७,००,०००।– सम्म बोल कबोल गरिएका छन् ।
प्राप्त आशयहरूको अध्ययन गरी सबैभन्दा बढी रकम ३१,००,००१।– बोलकबोल गर्ने राम श्रेष्ठलाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal