Wednesday, June 1, 2016

दुई वर्षमा वाग्मती सङ्ग्रहालय बनाइने

काठमाडौँ, वाग्मती सभ्यतासँग जोडिएका हरेक वस्तुको संरक्षणका लागि दुई वर्षभित्र वाग्मती सङ्ग्रहालय बनाइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले जेठ १५ गते व्यवस्थापिका–संसद्मा पेस गर्नुभएको आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा पनि वाग्मती सङ्ग्रहालयलाई प्राथमिकता दिइएको छ ।24

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले ५० वर्षअघि वाग्मती कस्तो थियो भन्ने देखाउन सङ्ग्रहालय स्थापना गर्न लागिएको बताउनुभयो । “वाग्मतीसँग सम्बन्धित पुराना चीजबीजको सङ्ग्रह गरेर सङ्ग्रहालय स्थापना गरिन्छ, वाग्मती प्रदूषित हुनुअघि कस्तो थियो ?, प्रदूषित भएपछि कस्तो भयो ?, ट्रिटमेन्ट प्लान्ट राखेर शुद्धीकरण गरेपछि कस्तो भयो भन्ने चीजबीजको सङ्ग्रह गरिन्छ”– उहाँले भन्नुभयो ।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह वाग्मती सभ्यताका नाममा नगन्य काममात्र भएकाले सङ्ग्रहालय स्थापना गरेर वाग्मती सभ्यताको जानकारी भावी पुस्तासम्म पु¥याउन खोजिएको बताउनुहुन्छ ।

सङ्ग्रहालयमा श्रव्य, दृश्य, पुस्तकालय, अनुसन्धान, पुरातात्विक, सांस्कृतिक, धार्मिकलगायतका छुट्टाछुट्टै कक्ष राखिने भएको छ । एक सय १५ रोपनीमा फैलिएको समितिको दुई रोपनी क्षेत्रमा सङ्ग्रहालय स्थापनाका लागि चैत ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । भवन विभागले निर्माण गर्ने सङ्ग्रहालयका लागि यस वर्ष रु १५ करोड छुट्याइएको छ । राससnews24nepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog