Wednesday, June 1, 2016

प्रहरीले भन्यो- मनीषाका प्रेमीले झुट बोलेनन्

१९ जेठ, काठमाडौं ।

प्रहरीले चर्चित स्ट्राइकर विमल घर्तीकी दिवंगत बहिनी मनीषा घर्तीका प्रेमी रूद्रनारायण चौधरी अर्थात आशिषले कुनै झुटो कुरा नबोलेको जानकारी दिएको छ ।

चौधरीको पोलिग्राफ परीक्षणपछि कुनै नयाँ कुरा नआएको भन्दै प्रहरीले उनले झुटो बोलेको पुष्टि नभएको जानकारी दिएको हो ।

boleko
बुधबार नवलपरासी प्रहरीले मनीषाको पोष्टमोर्टम रिपोर्ट र पोलिग्राफबारे जानकारी दिएको हो । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि आशिषको पोलिग्राफ परीक्षण गरेको थियो ।
५ घण्टा लगाएर आशिषसँग बयान लिइएको थियो । आशिषले दिएको बयानमा कुनै नयाँ कुरा नआएको र उनले झुटो कुरा नबोलेको प्रहरीले जनाएको छ ।

अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको थियो ।

रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाई आत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्‍याएको थियो ।

अव मनीषाको झुण्डिएर मृत्यु भएको पुष्टि भएको छ । मनीषालाई कसैले झुण्ड्याएको वा आफै झण्डिएको भन्ने अनुसन्धान जारी रहेपनि उनका प्रेमीले भने आफूले मनीषा झुण्डिएको अवस्थामा देखेको भनेर दिएको बयान सही सावित भएको छ ।
nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog