बन्दको कञ्चनपुरमा पनि प्रभाव, यात्रु बसपार्कमै अडकिए
कञ्चनपुर, २७ जेठ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका कारण कञ्चनपुरमा पनि प्रभाव परेको छ । विप्लप माओवादीले आफ्ना कार्यकर्ताको रिहाई, कालोबजारी, तस्करी राष्ट्रघाती बिरुद्धमा आज बन्दको आब्हान गरेको हो ।
बन्दका कारण महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने सवारी बिहानैदेखि चल्न सकेका छैनन् ।
सार्वजनिक यातायात चल्न नसक्दा भारतका विभिन्न स्थानबाट रोजगारी गरी घर फर्केका मजदुरहरु बसपार्क, होटेलमा बसिरहेका छन् । खास गरेर बन्दाका कारण यात्रुहरु बढी मारमा परेका छन् ।
महेन्द्रनगरदेखि महाकाली र पवनदूत यातायात व्यवसायी समितिले संचालन गरेको बस सेवा समेत आज बन्द भएको छ । तोडफोड हुने डरले पातलो मात्रामा मोटरसाईकल मात्रै संचालन भइरहेका छन् ।
बन्दका कारण बजार क्षेत्रका शैक्षिक संस्था, विद्यालय, उद्योग कलकारखाना, बजार आँसिक रुपमा बन्द रहेका छन् । भने ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन् ।
माओवादीका कार्यकर्ताहरु सदरमुकाम केन्द्रित भएका कारण पनि बजार क्षेत्रमा बन्द भएको छ भने ग्रामीण क्षेत्रमा बन्दको प्रभाव देखिएको छैन् ।
बन्द सफल बनाउन माओवादीका कार्यकर्ताहरु बिहानैदेखि बजारमा उपस्थित भएका छन् । विप्लप माओवादी कञ्चनपुरका नेता राजेन्द्र विष्टले राष्ट्रघाती, जनबिरोधी काम गर्ने बिरुद्ध माओवादीले संचालन गरेको जनकाबारहीमा सरकारले आफ्ना कार्यकर्ताहरुलाई धमाधम पक्रेर झुट्टा मुद्दा लगाएका कारण बाध्य भएर सरकार बिरुद्ध बन्द आब्हान गरिएको बताए ।
बन्दको अवाज्ञा गरेर त्यसबाट हुने क्षति स्वयमले लिनुपर्ने विप्लप माओवादी कञ्चनपुरले चेतावनी दिएको छ ।
बन्दका क्र्ममा एम्बुलेन्स, शवबहान, पत्रकार, मानवअधिकारवादी लगायतका सवारी साधनलाई निर्बाध रुपमा चल्न दिएको छ । आफ्ना कार्यकर्ता रिहाई नगरुन्जेलसम्म बन्द जारी राख्ने माओवादीले जनाएको छ ।
dainiknepal