Wednesday, June 8, 2016

सिराहामा भयानक दुर्घटना, बसमा कसरी लाग्यो आगो ? जलेर एकको मृत्यु

सिरहा, २७ जेठ । सिरहा जिल्लाको धनगढीमाइ नगरपालिका– ८ मा भएको सवारी दुर्घटनामा एक जनाको जलेर मृत्यु भएको छ भने १६ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट झापा जाँदै गरेको यात्रु बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ४२९४ नम्बरको ट्रक आज बिहान पाँच बजे एक आपसमा ठोकिदा आगलागी भइ जलेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बसका १६ जना यात्रु घाइते भएका छन् ।jalayaaa
दुर्घटनामा घाइते भएका १६ जनाको सिराहाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ठोकिए लगत्तै दुवै सवारी साधनमा आगो लागेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट बस पूर्ण रुपले जलेको छ भने ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि बसमा कसरी आगो लाग्यो भनेर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
दुर्घटना पश्चात फरार रहेका दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog