Monday, May 23, 2016

प्रधानमन्त्रीका आलोचकलाई अमेरिकाबाट कडा जवाफः यसो गरे कसो होला…?

सम्मानीय प्रधानमन्त्री केपी ओली ज्यूले बोलेका शब्दहरू र देखेको भोलीलाई सम्भावित सपनाहरूलाई लिएर देश बिदेशमा र संचार माध्यममा, सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल पोखिएर पक्ष बिपक्ष भएर अनेक टिका टिप्पणी भयो र गरियो । कसैले केपी ओली बौलायो सम्म पनि भने, कसैले अकल्पनीय कुरा र सपनी देख्यो अनि बोल्यो भनेर गाली गलौज पनि गरे । सँचार माध्यम र फेशबुकमा भित्तामा ब्यांगात्मक रूपमा टिका टिप्पणी र आलोचना पनि भए ।huneaa
देशको प्रमुख ब्यक्ति प्रधानमन्त्री भएकोले देश नेपाल र नेपाली जनताको बारेमा सोच्नु सपना देख्नु अनि बिचार ब्यक्त गर्नु उनको कुनै अपराध होइन, प्रधानमन्त्रीको प्रमुख कर्तब्य र जिम्मेबारी पनि हो । बिश्वेश्वर प्रसाद कोईरालाले २००७ सालमा देखेको गणतान्त्रिक नेपालको संबिधान पुरा हुनको लागी ६५ बर्ष लाग्यो र नेपाली जनताको महान बलिदानी पश्चात २०७२ सालमा पुर्ण भयो भने केपी ओलीले देखेको सपना, गरेको कल्पना पनि कुनै दिन केही समय पछी अबश्य पुर्ण हुनेछ ।
तत्पश्चात नेपाली झन्डासहितको पानी जहाज समुन्द्रमा दौडिने छन, घर घरमा पाइप लाइन बिच्छ्याइएर खाना पकाउने ग्याँस बल्नेछ, २४ घण्टा बत्ती आउने लोडसेडिँग मुक्त देश नेपाल बन्नेछ ।
त्यसै गरी…
जसरी नेपालको संविधान ६५ बर्ष पछी गणलान्त्रिक नेपालको संविधान २०७२ लाई सम्बिधान सभाले पूर्णता दियो त्यसै गरी ।
त्यसैले अब हामीले केपी ओलीको बोलीलाई पुर्णता दिनको लागी यसो गरे कसो होला ?
प्रधानमन्त्री ओलीको बोलीलाई साकार पार्नको लागी तपाई हामी सबैले बर्ष भरीको खराब बानी अर्थात आदतको २५ प्रतिशत मात्रै कमी गर्यौँ भने बचत राख्यौ भने जनताको संविधान बनाउन ६५ बर्ष जस्तो कुर्नुपर्दैन की ? तपाई हामी सबैले आफ्नो खराब आचरणलाई बदल्दियौ भने पनि ५ बर्षमा ओलीका सपना हाम्रो लागी बिपना पनि हुन सक्दछ की ?
जस्तै तपाई हामीमा भएको खराब आचरणबाट सँचित भएको रकमले केपी ओलीको बोलीलाई साथ र सहयोग यसरी पनि हुन सक्दछ ।
१) तपाई हामी सबै नेपालीले चुरोट खानेले चुरोटको अम्मललाई २५ प्रतिशत कटौती गरेर बर्ष भरीको खर्च सँचित गरौं ।
२) जाड रक्सी खानेहरूले बर्ष भरीको खर्चको २५ प्रतिशत कटाएर के पी ओलीको भोलीको सपनाको लागी सँचित गर्नुहोस ।
३) देश बिदेशमा यात्रा गर्न मन पराउने जानेहरूले २५ प्रतिशत यात्रालाई घटाएर बचेको रकमलाई ओलीको सपनाको लागी सँचित गरौ ।
४) दैनिक उपभोग्य बस्तुमा केही कटौती अर्थात २५ प्रतिशत गरेर बचेको रकमलाई सँचित गरेर भोलीको नेपालको सपनाको लागी सँचित गरौ ।
५) हामी नेपालीले लगाउने लत्ता कपडामा किन्ने मात्रामा २५ प्रतिशत कटौती गरेर, मनलाई केही महान बनाएर बचेको रकमलाई प्रधानमन्त्री केपी ओलीको भोलीको सपनाको लागी सँचित गरौ ।
देश बिदेशमा रहने सम्पुर्ण नेपालीले सकारात्मक सोचले मन खोलेर एकले अर्कोलाई साथ र सहयोग गर्यौ भने प्रत्येक नेपालीको घरमा उज्यालो हुनेछ, प्रत्येक घरमा ग्याँस पाईप लाईन जोडिएका हुने छन र हाम्रो आफ्नै चन्द्र सुर्य ध्वजा जडित पानी जहाज समुन्द्री तटमा दौडिएको हुनेछन । त्यसैले प्रत्येक नेपालीले २५ प्रतिशत खर्च कटौती गरी पानी जहाज किन्ने रकम सँचित गरौ र प्रधानमन्त्री ओलीको सपनालाई साकार पारौ ।
गरे के हुन्न ? हामी नेपाली मिल्यौ भने के हुन्न ? देशमा ठुला ठुला आन्दोलन र परिबर्तन सफल भए भने प्रधानमन्त्री ओलीले सोचेको र देखेको भोलीको सपनाको, कल्पनाको नेपाल पुरा हुनलाई जनताको संविधान बन्नलाई ६५ बर्ष कुर्न परे जस्तो टुलुटुलु हेरेर बस्न नपर्ला की ? राजनीतिक र व्यवहारिकक मत भिन्नता जे जस्तो भए पनि देश निर्माणको लागि एकमत र हातेमालो हुनु आबश्यक छ ।
त्यसैले हामी सबैले आँट, हिम्मत र साहस गरौ र अर्को जुनीमा होईन यही जुनीमा अर्थात केही बर्षमा हामी सबैको नेपालीको सपना साकार हुनेछ । हाम्रो देश हामी आफैले बनाउने हो अरूको मुख ताकेर बस्ने होईन । हामी केबल हातमा र साथमा साथ मिलेर ब्यक्तिगत ईस्यालाई त्याग गर्नुपर्दछ । एउटा ब्यक्तिले देखेको सपना एक्लै पुर्ण गर्न सक्ने होइन । त्यसैले हामी हामी बिचको अहँकारलाई त्याग र देशको सपना देख्ने सोच्नेलाई सहयोग गर्नु नै सबै भन्दा सहज माध्यम हो भन्ने लाग्दछ ।
अन्तमा…
यसरी कटौती गरेको २५ प्रतिशत खराब आचरणलाई प्रधानमन्त्रीको पानी जहाज समुन्द्रमा कुदाउने सपना र चाहानालाई सहयोग कोष खडा गरेर जम्मा गर्ने की… कसो ?
जय नेपाल ।
मिन दर्लामी
सिकागो, अमेरिका ।
dainiknepal



Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog