Monday, May 23, 2016

यी हुन् प्रहरीका ‘भाइरस’ डीएसपी

११ जेठ, काठमाडौं ।

सत्य सेवा सुरक्षणमको नारा लिएर प्रहरीमा जागिर खानेले प्रहरीको बर्दीलाई मागि खाने भाँडो वनाएका छन् । यस्ता केही प्रहरीका कारण संगठन नै बदनाम हुन पुगेको छ ।

पछिल्लो समय प्रहरीका केही अधिकृतले जनताका मन छुने काम गरेर संगठनको शिर उच्च राख्ने काम गरेपनि संगठनमा भाइरसहरुको कमी छैन ।

एक जना मात्र खराब प्रवित्तिका व्यक्तिको कारण पुरै संगठन बदनाम हुँदै आएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले यस्ता बदनाम र घुस्याहा प्रहरी अधिकृतमाथि पासो थाप्दै आएको छ ।deshii

मै हुँ भन्ने प्रहरी अधिकृत पनि अख्तियारको फन्दामा परीसकेका छन् । तर महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी श्यामकुमार राइले यी सब कुराको बेवास्ता गर्दै सो क्षेत्रमा खुलमखुल्ला असुली धन्दा चर्काएका छन् ।

तिन महिना अगाडी मात्र सो क्षेत्रमा सरुवा भएका राईले प्रत्येक ढुंगा खाने, क्रसर, डिपो, जुवा तासको अखडा, गेष्टहाउस, काठका व्यापारीबाट पैसा असुल्न थालेपछि प्रहरी संगठन कै बदनाम हुन थालेको हो ।

व्यापारी र गैर कानूनी धन्दामा संलग्नलाई डिएसपी राईले कार्यलयमै बोेलाएर डिल गर्न थालेपछि यो कुरा बाहिर आएको हो । एक महिना अगाडी डिएसपी राईले वन उत्खनन् गरीरहेको स्काई भेटर नियन्त्रणमा लिई कारवाहीको लागि वनमा नबुझाई एक सातासम्म आफ्नो नियन्त्रमा राखेर बार्गेनिङ गरेका थिए ।

शिव थापाको स्काई भेटर भाडामा लिएर दिपक तंमाङले वन उत्खनन् गरेका थिए । वन उत्खनन्मा प्रयोग भएको मेशिनलाई वन कार्यालमा नबुझाई डिएसपी राईले दुई लाख असुलेर छाडेको चर्चा चापागाउँमा चलेको छ ।

वन उत्खनन्मा प्रयोग भएका मेशिन जफतसम्म गर्ने अधिकार कानूननले वनलाई दिएको छ । वन ऐन २०४९ ले अतिक्रमण भएमा अतिक्रमण गर्न प्रयोग भएका मेसीन र सवारी साधनलाई जफत गर्नेसम्मको अधिकार दिएकोे छ ।

तर डिएसपी राईले कानुनको धज्जी उडाउँदै आफ्नो खल्ती भरेर पुनः सो स्काई भेटर वन उत्खनन् गर्न पठाएपछि डिएसपीको नियतमाथि प्रश्न खडा भएको हो ।

वन हाता भित्रै ५२ ढुंगा खानी एक दर्जनको हाराहारीमा रहेका क्रसरबाट मासिक उठाउँदै संरक्षण दिन थालेको आरोप समेत स्थानियको छ । राइले नल्लु खोलास्थित क्वालिटी रोडाढुंगा, युनाइटेड सिमेन्ट, केपी सिमेन्ट र विनायक इण्डस्ट्रिज, फूलचोकी चुन ढुंगा उद्योगलगायतबाट पैसा असुल्न थाली सकेका छन् ।

५ जेठमा फूलचोकि चुन ढुंगा उद्योगका रविन महतसँग डिएसपी राईले कार्यालयमै एक लाख रुपैंया घुस लिएको स्रोतको दाबी छ । अवैद्य खानीबाट उत्खनन् वन्द गराउनुको साटो डिएसपी राईले खानी सञ्चालकलाई कार्यालयमा बोलाएर फलफूल र चिसो खुवाउँदै रकम असुलेका थिए ।

विनायक इण्डस्ट्रिजका शेखर महतसँग मासिक ५० हजार दिने शर्तमा डिएसपी राईले एक महिनाको रकम लिई सकेको स्रोतको दाबी छ ।

त्यसतै एक महिना अगाडी क्वालिटी रोडाडुंगा उद्योगका सञ्चालक मधुसुदन डोटेलसँग ढेड लाख रुपैंया पैसा असुलेका थिए । पैसा पनि लिने र खानी पनि वन्द गराएपछि यो कुरा बाहिर आएकोे हो ।

टिका भैरवप्रहरी चौकीका असई अन्नत कार्कीले नियन्त्रणमा लिएका गाडी र मेशिनहरु डिएसपी राईले मोटो रकम फिटेर छाड्ने गरेको ललितपुर प्रहरी भित्रै चर्चा छ ।

डिएसपी राईको बिषयमा गुनासो बढेपछि ललितपुर प्रहरीले समेत निगरानी बढाएको स्रोतको दाबी छ । यस बिषयमा ललितपूर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले प्रमाण भेटिए कारवाही गर्ने जनप्रहारसँग बताए । जनप्रहार साप्ताहिकमाा खबर छ ।
nepaliheadlines



Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog