Monday, June 6, 2016

श्रीमान विदेशमा हुँदा गाउँकै केटासँगको प्रेममा परेकी महिलाको ‘हत्या’, दुधे बालक टुहुरो

१) मृतक रामदुलारीको छोरा हजुरआमाको काखमा । २) प्रहरी कार्यालयमा धर्ना दिँदै स्थानीय ।
– मोहन विष्ट
महेन्द्रनगर, २४ जेठ । कञ्चनपुरमा एक महिलाको हत्या प्रेम सम्बन्धकै कारण भएको दाबी गरिएको छ । मृतकका परिवारले प्रेमीले नै हत्या गरेको दाबी गर्दै उनीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरकी २३ बर्षीय रामदुलारी राना जेठ २२ गते शनिबार मृत अवस्थामा भेटिएकी थिइन् । मृत भेटिएको पाँच दिन अघिमात्रै उनी घरबाट वेपत्ता भएकी थिइन् ।
सोमबार रामदुलारीका ससुरा पदम रानाले हत्याको आरोपमा सोही ठाउँकै प्रकाश मल्लसहित उनका परिवारका ६ जनाविरुद्ध सदरमुकाम महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले उनको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको छ ।hunda
उजुरी दर्ता हुनुअगावै प्रहरीले हत्यामा संलग्न भएको आशंकामा प्रकाश र उनका बुवा ईन्द्र बहादुरलाई पक्राउ गरिसकेको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी केदार खनालले पक्राउ गरेका व्यक्तिको नाम सार्वजनिक गर्न नमानेपनि प्रहरी स्रोतका अनुसार प्रकाश मल्ल र उनका बाबु ईन्द्र बहादुर मल्ललाई अनुसन्धानका लागि आइतबारै पक्राउ गरिएको थियो ।
रामदुलारी र प्रकाशबीच प्रेमसम्बन्ध, श्रीमान विदेशमा
मृतकका परिवारको बयानले रामदुलारी र प्रकाश मल्लबीच केही समययता प्रेम सम्बन्ध रहेको देखाउँछ । प्रकाशले रामदुलारीका श्रीमान बिदेश भएको मौकामा पहिले एकोहोरो प्रेम गरेको मृतककी सासु भिटु रानाले बताईन् । उनका अनुसार प्रकाशले रामदुलारीलाई ‘नानु म तिमिबिना बाँच्न सक्दैन्’ भन्ने जस्ता अनैतिक प्रेम सम्बन्धका म्यासेज पठाएको थिए । ‘मैले बुहारीको मोबाईलमा यस्ता म्यासेज देखेपछि त्यही दिनदेखि सीमकार्ड निकालिदिए,’ उनले भनिन्, ‘मेरो बुहारीले पनि प्रकाशलाई चोरी–चोरी फोन गर्थिन् ।’ प्रकाशलाई मैले मेरो घरमा नआउन र प्रकाशको घरमा गएर बुहारी र प्रकाशको सम्बन्ध बारे भनेको उनले सुनाइन् ।
प्रकाशकी सानीआमा र उनको परिवारले पनि पहाडी केटाले थारु महिलासंग लाग्न हुँदैन भन्दै सम्झाएका थिए ।
त्यसपछि प्रकाशले आफूसँग सरी भाउजु म आजदेखि तपाईको घरमा आउँदैन भनेको तर, पछि मेरो बुहारीसंग माया गर्छु र तिमीबिना बाँच्न सक्दैन भन्ने रुईलाबैला गरेको रानाले बताईन् । ‘फेरि जेठ १८ गते राति आएर भाउजु म तिम्रो बुहारीसंग बिहे गर्छु, बिहेमा कति खर्च लाग्यो ? भन्ने जस्ता कुरा प्रकाशले गर्यो,’ उनले भनिन् ‘त्यस दिनदेखि मेरो बुहारी हराईन् ।’ प्रकाशले बच्चा (मृतक महिलाको छोरो) नलग्ने भन्दै बिवाहबारे मृतक महिलाकी सासुसंग कुराकानी गरेका थिए ।
हराएकी बुहारी मृत भेटिएपछि प्रकाशका नाममा उजुरी, नाबालक छोरा टुहुरो बनाएर गइन्

खेतको झाडीमा मृतक रामदुलारीको शव ।
शनिबारमात्रै मृत अवस्थामा फेला परेपछि आफूहरुले उनीहरुको परिवारको नाममा किटानी जाहेरी दिएको सासु भिटु रानाले बताईन् । रामदुलारीको अढाई बर्षको एकमात्र छोरा छ । घर परिवारका अनुसार प्रेमको नाममा प्रकाशले रामदुलारीसँग पटक पटक यौन शोषण गर्दै आएका थिए । ‘यसरी श्रीमान विदेश भएको मौका अर्कासंग प्रेममा फसेपछि एकातिर आफ्नो ज्यान पनि गुमाउनु पर्यो र अर्कातिर आफ्नो दुदे बालक टुहुरो बनाइन्’ छिमेकी महिला विना विष्टले भनिन् ।
महिलाको बलात्कार गरेर यौनीमा लाठी घुसाइयोः महिला अधिकारकर्मी
महिला अधिकारकर्मीहरुले भने यो घटनामा रामदुलारीको निर्मम तरिकाबाट हत्या भएको दाबी गरेका छन् । उनीहरुले दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने माग गरेका छन् ।
महिला तथा बृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले प्रेम सम्बन्धका नाममा रामदुलारीको बलात्कार गरेर यौनीमा लाठी घुसाएको दाबी गरिन् । यस्तो तरिकाले हत्या हुनु निन्दनीय भएको भन्दै हत्यारालाई फाँसीमा झुण्ड्याउन माग गरिन् ।
साहसी महिला नेपालकी अध्यक्ष आनन्दी रानाले थारु महिला एक्लै भएको मौकामा यस्तो चरम अत्याचार गरेको बताउदै दोषीलाई कडा कारबाही गर्न माग गरिन् ।
हत्यारालाई कारवाही गर्न माग गर्दै सदरमुकाममा स्थानीयको प्रदर्शन

मृतक रामदुलारीको शव फेला परेपछि जम्मा भएका स्थानीय ।
रामदुलारीको हत्यारालाई कार्बाहीको माग राख्दै चम्फापुरका स्थानीयहरु उर्लिएर सदरमुकाम महेन्द्रनगर आएका थिए । सयौँको संख्यामा आएका स्थानीयहरुले दोसीलाई कार्बाही माग गरेका छन् । निर्मम तरिकाले हत्या गरेको भन्दै त्यस्ता हत्याराहरुलाई कडा कार्बाही गर्न माग गरिएको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा धर्ना समेत दिएका छन् ।
खेतको झाडीमा भेटिएको थियो शव
जेठ २२ गते शनिबार रानाको शव चम्फापुर क्षेत्रको पूर्व पश्चिम राजमार्गसंगै जोडिएको करिब सय मिटर दक्षिण खेतमा रहेको नाला छेउमा मृत अवस्थामा सडेको अवस्थामा फेला परेको थियो ।
दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्छौंः प्रहरी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यो घटनाका दोषीलाई कुनैपनि हालतमा कानुनी दायरामा ल्याएर कार्बाही गर्ने राना परिवारसंग प्रतिबद्धता जाहेर गरेका छन् । घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ ।
dainiknepal

Continue Reading…

सरकार परिवर्तनको बहस नगरौं : कमल थापा

विराटनगर, २४ जेठ । उपप्रधानमन्त्री कमल थापाले मुलुकको सङ्कट समाधान गरेर सरकार आर्थिक समृद्धि र संविधान कार्यान्वयनतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र राप्रपा नेपालले आलोचनात्मक समर्थन गरेको थियो । उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि यतिखेर राप्रपा नेपाल अग्रसर रहेको र ती दलहरु पनि सो कार्यका लागि एकमत हुनुपर्छ ।”kal
नौ वर्षको अवधिमा आठवटा सरकार बनेको प्रसङ्ग उलेख गर्दै उहाँले सरकार बनेको छ महिना बित्दा नबित्दै सरकार परिवर्तन भयो भने जनतामा निराशा उत्पन्न हुने र अन्तर्राष्ट्रिय जगत्मा मुलुकको राजनीतिप्रति कस्तो सन्देश प्रवाह हुने विषयमा दलहरुलाई सोच्न सुझाव दिनुभयो ।
मुलुकमा ‘सहमति’ शब्दको व्यापक रुपमा अपव्याख्या भएकाले अहिले यो शब्द अश्लील लाग्न थालेको छ । भन्नुभयो – “प्रजातन्त्रमा बहुमतले सरकार बनाउने र अन्य दल प्रतिपक्षमा बस्ने गरिन्छ र साम्यवादमा प्रतिपक्षी हुँदैन ।”
संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गर्नुभयो ।
राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले संविधानको धारा ३०३ को आधारमा पुरानै संरचनाअनुसार निर्वाचन गराउन सकिने स्पष्ट रुपमा व्यवस्था रहेको उल्लेख गर्नुभयो । रासस
dainiknepal

Continue Reading…

जिवितै रहेका अम्बर गुरुङलाई भारतीय दूतावासले दियो श्रद्धाञ्जली

काठमाडौं, २४ जेठ । स्वास्थ्यमा समस्या आएर केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई काठमाडौंस्थित लैनचौरमा रहेको भारतीय दूतावासले श्रद्धाञ्जली दिएको छ ।
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति अहिले गम्भीर र स्थिर रहेको तर, मृत्यु भइनसकेको ग्राण्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डे स्पष्ट पारिसकेका छन् ।
अम्बर गुरुङको सोमबार विहानै निधन भएको समाचार आएपछि उनका परिवारले पनि समाचार झुटो र निराधार भएको भन्दै खण्डन गरिसकेका छन् । तर, त्यसपछि पनि भारतीय दूतावासले दिउँसो आफ्नो आधिकारिक ह्याण्डलबाट ट्वीटै गरेर जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएको हो ।bhar
भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय दूतावासले दिउँसो १ बजेर ४२ मिनेटमा गुरुङलाई श्रद्धाञ्जली दिएको थियो । उसले ट्वीटमा लेखेको थियो- ‘भारतीय दूतावास नेपालका संगीतकार अम्बर गुरुङको दुखद् निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्दछ ।’ जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएपछि नेपाली ट्वीटर प्रयोगकर्ताले दूतावासको कडा आलोचना गर्दै तुरुन्त ट्वीट हटाउन (डिलिट गर्न) माग गरेका थिए ।
ट्वीटरबाटै कडा आलोचना भएपछि दूतावासले ट्वीट गरेको झण्डै २० मिनेटपछि दिउँसो २ बजेर २ मिनेटमा श्रद्धाञ्जली दिएको ट्वीट डिलिट गर्यो ।
ग्राण्डी अस्पतालकाका अनुसार संगीतकार गुरुङको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उनको स्वास्थ्यस्थिति स्थिर राखिएको छ ।
‘स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।’ अस्पतालका डाक्टर चक्रराज पाण्डेले बताए ।
dainiknepal

Continue Reading…

राजेन्द्र महतोमाथि आरोप नै आरोप लगाउँदै यी नेत्रीले छाडिन सद्भावना पार्टी

जनकपुर, २४ जेठ । सद्भावना पार्टीले हालै केन्द्रीय सदस्यमा नियुक्त गरेको रंगीलादेवी साहले उक्त पद अस्वीकार गर्दै पार्टी समेत परित्याग गरेकी छन्।patii
राजेन्द्र महतोले आन्दोलन क्रममा मारिएका मधेशी जनताको परिवारको बुइ चढेर राजनीति गरिरहेको आरोप लगाउँदै उनले सद्भावना पार्टी भन्दा पनि निजी कम्पनी रहेको टिप्पणी गरेकी छन् । ‘मधेस अधिकारको संघर्षलाई राजेन्द्र महतो जस्तो कपटीहरुले आफ्नो दुनो सोझ्याउन लागेका छन्’ आइतबार साहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सिधासोझा मधेशी जनताको हत्या गराएर पनि अधिकारको संघर्षलाई कदर गर्न नसक्नु दुर्भाग्य हो ।’
आन्दोलनको क्रममा विभिन्न मुद्दामा फसाइएका नेता, कार्यकर्तालाई न्याय दिलाउनुको साटो शवमाथि राजनीति गरी गलत प्रवृतिलाई बढाबा दिएको साहको आरोप छ । ‘यस्तै प्रवृतिलाई ठेगान लाउन पछिल्लो चुनावमा जनताले सद्भावना पार्टीको साइज ठीक ठाउँमा ल्याइदिएको हो’, विज्ञप्तिमा छ, ‘लोकतन्त्रको मुल्य, मान्यतालाई आत्मसात गरी जनताको जनादेशलाई सम्मान गर्न नसकेकै कारण यस्तो भएको हो ।’
संविधानसभा निर्वाचनपछि समानुपातिक कोटा चयनमा आफ्नो निचता सिद्ध गरिसकेको र आन्दोलनताका झुठा मुद्दामा फसाइएका युवालाई प्रताडित गरेको आरोप लगाउँदै उनले आफूलाई केन्द्रीय सदस्य बनाएर जनतामा भ्रम फैलाएको बताइन् । ‘म सद्भावना पार्टीको कुनै पदमा नरहेको जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

Continue Reading…

एक घण्टा लोडसेडिङ घट्यो, हेर्नुस् तालिका

२४ जेठ, काठमाडौं।

जारी लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मंगलवारदेखि लागु हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको हो । नयाँ तालिका अनुसार अब दैनिक नौ घन्टा लोडसेडिङ हुने छ।talika

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिएको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युतभार कटौती गर्ने जनाएको छ ।nepaliheadlines

Continue Reading…

सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीत गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।”pardan
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औं राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।
“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राख्नुभयो ।
सो अवसरमा प्रम ओलीले सांसदहरु छोवाङतेन्जिन तामाङ, डा भीष्मनाथ अधिकारी, चन्द्र महर्जन, नरबहादुर चन्द, पार्वत गुरुङ, विश्राम चौधरी र राजु खनाललाई घरेलु तथा साना उद्योग प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत सम्मान गर्नुभएको थियो ।
यसैगरी प्रम ओलीले महासङ्घका पूर्व अध्यक्षहरु ओम गुरुङ, रमेशकुमार श्रेष्ठ, वासुदेव गिरी, पद्मप्रसाद पौडेल, आङटेन्डी शेर्पा, लता प्याकुरेल तथा महिला उद्यमीहरु ईनु पौडेल, मनु केसी, अञ्जना ताम्राकारलाई पनि सम्मान गर्नुभएको थियो ।
दुईदिने सो सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता रहेको छ । सम्मेलनले अगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।
महासङ्घका अध्यक्ष सुरेश प्रधानले पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरेलु तथा साना उद्योग पुनःस्थापनामा ध्यान नदिएको, औद्योगिक नीति पारित भएको छ वर्ष बितिसक्दा पनि लागू हुन नसकेको र आव २०७३÷७४ को बजेट घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको बताउनुभयो । रासस

Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog