Saturday, June 4, 2016

नेमार र काकाले कोपा अमेरिका नखेल्ने

काठमाडौंः ब्राजिलका चर्चित स्ट्राईकर नेमारले अमेरिकामा शनिबारबाट शुरु कोपा अमेरिका फुटबल प्रतियोगिता नखेल्ने भएका छन् ।

नौ पटक उपाधि जित्दै दौडमा रहेको ब्राजिलबाट उनीसँगै राफिन्हा र अर्का चर्चित स्ट्राईकर काकाले पनि कोपा अमेरिका गुमाएका छन् ।

नेमारले अगस्टमा हुन लागेको रियो ओलम्पिकमा प्रतिस्पर्धाको तयारीका लागि कोपा अमेरिका फुटबल प्रतियोगितामा सहभागिता नजनाएका हुन् ।nakelna
उनकै क्लब बार्सिलोनाका खेलाडी २३ वर्षीय राफिन्हाले पनि घाइते भएका कारण कोपा अमेरिका गुमाएका छन् । ३४ वर्षीय स्ट्राईकर काका पनि उपचारका क्रममा रहेकाले कोपा अमेरिका खेल्ने छैनन् ।

पाँच पटकको विश्वबिजेता ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको उपाधि उचाल्न सकेको छैन । ब्राजिलले ग्रुप ए को खेलमा आइतबार इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकै पुरानो कोपा अमेरिका फुटबल प्रतियोगिताको सतवार्षिकीको अमेरिकामा जारी प्रतियोगितामा यो पटक १६ वटा दक्षिण अमेरिकी देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

अमेरिकाले पहिलो पटक आयोजना गरिरहेको यो प्रतियोगितामा अघिल्लो प्रतियोगिताको साविक विजेता चिली र उपविजेता अर्जेन्टिनाले मंगलबार प्रतियोगिता अन्तरर्गत आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

आजै भएको खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले स्तब्ध पार्दै सुखद सुरुवात गरेको छ ।

अघिल्लो सालको विश्वकप र कोपा अमेरिका गुमाएका अर्जेन्टाइन स्ट्राईकर लियोनेल मेस्सी देशलाई १४ औं पटक कोपा अमेरिकाको उपाधि दिलाउने योजनामा छन् ।

अर्कातिर १५ पटक उपाधि उचालिसकेको उरुग्वे पनि लुइस स्वारेज र एडिन्सन काभानी जस्ता खेलाडीको साथमा १६ औं पटक कोपा अमेरिकाको उपाधि उचाल्ने दाउमा छ ।

सतवार्षिकीको अवसरमा यो पटक कोपा अमेरिकामा दक्षिण अमेरिका भन्दा बाहिरका ४ वटा देश थपिएको छ ।

सहभागी देशहरु
समूह एः अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे
समूह बीः ब्राजिल, इक्वेडोर, हाइटी र पेरु
समूह सीः मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला
समूह डीः अर्जेन्टिना, चिली, पनामा र बोलिभिया
annapurnapost

Continue Reading…

मधेसी मोर्चा बिच नै झडप ,चार जना घाइते

आइतबार, २३ जेठ
काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।
झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएइको छ ।jhagada
झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् ।
प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।
सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छुट्याएर आफ्नो कम्पाउन्ड लगाउने क्रममा झडप भएको बताए । आजको नेपाल समाचारपत्रमा समाचार छ।
nepalsandesh

Continue Reading…

स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी ओलीले विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा दिनु भएको सन्देशमा प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा दिवसलाई लिँदै नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउनुभयो ।garnu
“नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण छ । तदनुरुप वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउने क्रममा यदाकदा समस्यासमेत देखापर्ने गरेको छ ।”
प्रधानमन्त्रीले भन्नुभएको छ– “यति हुँदाहुँदै हाम्रा विकासका लक्ष्य पूरा गर्न, स्रोत र साधनको दिगो तथा अधिकतम प्रयोग गर्न नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको स्मरण गर्दछु ।”
उहाँले वातावरण संरक्षण तथा व्यवस्थापन एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनका लागि सम्बन्धित सबै निकायले आ–आफ्ना योजना तथा कार्यक्रममा यससम्बन्धी विषय समावेश गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई समेत ख्याल गरीे बुद्धिमतापूर्ण उपयोग गर्नु नै आजको आवश्यकता हो भन्नुभएको छ । रासस
dainiknepal

Continue Reading…

धनीको सूचीबाट शेष घले ‘नकआउट’

सिड्नी । एनआरएनका अध्यक्ष समेत रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घले धनीहरूको सूचीबाट यस वर्ष बाहिरिएका छन् । घले १००औँ ५ नम्बरमा धेकेलिएका हुन् ।
शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनी व्यक्तिहरूको एक सयौँको सूचीमा परेका थिए ।
अघिल्लो वर्ष शेष र जमुना ९९औं स्थानमा थिए । गत वर्ष ५ सय २८ मिलियन अष्ट्रेलियन डलर सम्पति रहेको घले दम्पत्तीको सम्पत्तिमा भने कमी आएको छैन ।bata
सन् २०१५ को धनीहरुको सूचीबाट ६ स्थान तल झर्दा पनि घले दम्पतीको सम्पति यो वर्ष करिब ५८ मिलियन अष्ट्रेलियन डलरले बढेको छ । यो वृद्धिसँगै शेष घले र जमुना गुरुङको कुल सम्पति ५ सय ८६ मिलियन पुगेको द अष्ट्रेलियन फाइनान्सियल रिभ्यू (एएफआर)ले प्रकाशित गरेको छ ।
बीआरडब्लू रिच २०० को सूची फेयरफ्याक्स मिडियाले प्रकाशित गर्ने ‘बिजनेस रिभ्यू विक्ली’ मा प्रत्येक वर्षको मे वा जुन महिनामा प्रकाशित हुने गरेकोमा बीआरडब्लूको प्रकाशन बन्द भएपछि फेयरफ्याक्सले नै प्रकाशित गर्ने अष्ट्रेलियाको लोकप्रिय आर्थिक दैनिक एएफआरले प्रकाशित गर्ने गरेको छ ।
dainiknepal

Continue Reading…

चट्याङ लागेर एक महिलाको मृत्यु

दाङ, २३ जेठ । दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मानपुर गाविस–३ मज्गै निवासी ५५ वर्षीया मनकुमारी कुमाल रहेकी छन् । शनिबार साँझ मानपुरको वैशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङ लागेको थियो ।chag
चट्याङबाट घाइते भएकी कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस
dainiknepal

Continue Reading…

भारत-अमेरिका एमालेविरुद्ध देखिए : ओली

जेठ २३ काठमाडौं–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् ।
उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। ‘अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ ।

diyaa
मलाई एक पैसा पनि भ्रष्टाचार गर्नु छैन, मर्दा मर्दै बाचेको छु देशको लागि केही गर्छुः प्रधानमन्त्री ओली
यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ । बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए । बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Continue Reading…

नौ सेनाको तालिमका क्रममा टेक्सासमा मृत्युः अमेरिकी सेना

वासिङ्टन, २३ जेठ । अमेरिकी सेनाले आफ्ना नौ जना अधिकारीको तालिमका क्रममा टेक्सासमा बाढीमा परी मृत्यु भएको पुष्टि गर्दै छानबिन सुरु गरेको बताएको छ ।senako
शनिबार सिङ्गापुरमा, सुरक्षा सम्मेलन सकिएपछि पत्रकारसँगको कुराकानीमा अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले तालिमका लागि हिँडेका सेना चढेको गाडी नदीमा पल्टिँदा नौ जना सेनाको मृत्यु भएको र यसबारे छानबिन सुरु गरिएको बताउनुभयो ।
सेनाले चार जवानको मृत अवस्थामा शुक्रबार उद्धार गरेको छ भने अन्य नदीमा हराएका पाँच सैनिक अधिकारीको शवलाई बिहीबार नै उद्धार गरिएको थियो ।
नदीबाट जीवित उद्धार गरिएका तीन सैनिक अधिकारीको स्वास्थ्यस्थिति स्थिर रहेको अमेरिकी सेनाका मेजर जनरल जोन उवेतीले बताउनुभयो ।
अमेरिकाको उत्तरपश्चिमस्थित हस्टन सहरबाट ३२० किलोमिटर टाढा रहेको फर्टहुड सैनिक शिविरबाट तालिमका लागि हिँडेका सैनिक अधिकारीको दुई दिनअघिको दुर्घटनामा मृत्यु भएको हो । एएफपी
dainiknepal

Continue Reading…


Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog