Tuesday, June 7, 2016

कांग्रेसले माने ठिक छ, त्यसो नभए प्रक्रिया अगाडि बढाउँछौंः गच्छदार

विराटनगर, २५ जेठ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।marcha
विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँगको कुराकानीमा उहाँले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य मतभेद देखिनुलाई नेतृत्व परिवर्तन हुने रुपमा बुझ्न नहुने बताउनुभयो ।
स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको चर्चा गर्दै उहाँले निर्वाचनको पक्षमा विगतमा नेपाली काँग्रेसले गरेका प्रतिबद्धतालाई स्मरण गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गर्नुभयो । रासस
dainiknepal

Continue Reading…

डा. हेमराज कोइराला : यसो गर्नुहोस ग्यास्ट्रिक पुरै निर्मुल हुन्छ

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।getik

आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ। जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

Continue Reading…

अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ: प्रधानमन्त्री ओली

नेपालगन्ज, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुुभयो ।wlli
उहाँको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ ।”
उहाँले अगाडि भन्नुभयो – “संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अझैं सहजताका साथ अघि बढछ, त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड दिएका हौं ।”
उहाँले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पष्ट पार्दै भन्नुभयो – “तर, विरोध रचनात्मक हुनुपर्छ, सरकारको कामको गुण दोषका आधारमा हुनुपर्छ, विरोधका लागि मात्र विरोध हुनुहुँदैन ।” रासस
dainiknepal

Continue Reading…

सडक, यातायात र रेलमार्ग निर्माणमा चीनले नेपाललाई थप सहयोग गर्ने

काठमाडौँ, २५ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले नेतृत्व गर्नुभएको १३ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गर्यो ।pardann
रक्षा मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार भेटवार्ताका अवसरमा नेपालको संविधान जारी भएपछि त्यसप्रति मित्रराष्ट्र चीनबाट भएको स्वागत तथा समर्थनका लागि चीन सरकारप्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले आभार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गर्नुभयो ।
गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद दिँँदै उहाँले त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुन छियाङ्गुओले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गर्दै चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको कुरा उल्लेख गर्नुभयो ।
चीनले अपनाएको एक बेल्ट एक सडकको नीतिअनुरुप सडक, यातायात र रेलमार्गबाट नेपालले फाइदा लिन सक्ने र चीन त्यस्तो सहयोग विस्तार गर्न तत्पर रहेको कुरा एडमिरल सुन छियाङगुओले उल्लेख गर्नुभयो ।
निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङद्वारा नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत उहाँले आमन्त्रण गर्नुभयो । रासस
तस्वीरः विकास कार्कीबाट ।
dainiknepal

Continue Reading…

एमाले-माओवादी कुरा मिल्यो, अब सरकार कुनै शक्तिले ढाल्न नसक्ने

काठमाडौं, २५ जेठ । ‘सरकार परिवर्तनका विषयमा कसैसँग कुनै गोप्य वा भद्र सहमति भएको छैन । बाहिर आएका चर्चा र हल्ला आधारहिन छन् । यो सरकार आफ्नो निर्दिष्ट लक्ष्य पूरा गर्ने दिशामा प्रतिबद्व भएर अघि बढिरहेको छ,’ बालुवाटारमा शनिबार बसेको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले यसो भन्दै गर्दा प्रचण्ड निवास लाजिम्पाटमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताको पनि बैठक चलिरहेको थियो ।bhann
उक्त बैठकमा माओवादी नेताहरुले भद्र सहमति भन्दै बाहिर आएका विषयबारे प्रचण्डसँग धारणा मागेका थिए । जवाफमा प्रचण्डले भने, ‘बहुमतिय सरकार बनाउने गरी सरकार हस्तान्तरणको कुरा भएको होइन, राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने भन्ने मोटामोटी समझदारी भएको हो ।’
प्रचण्डको यो भनाईलाई उद्वृत गर्दै शनिबार दिउँसो रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थपे, ‘नेकपा एमाले र आफ्नो दलबीच कुनै गोप्य सहमति भएको छैन । राष्ट्रिय सहमति नबन्दासम्म यो सरकार परिवर्तन हुँदैन ।’ दृष्टि साप्ताहिकमा खबर छ ।
dainiknepal

Continue Reading…

१० महिलाले मिलेर गरे एक युवकको सामूहिक बलात्कार, प्रहरी चकित

एजेन्सी । तपाईले महिलाको बलात्कार भएको र धेरै पुरुषहरुले एकै महिलाको सामूहिक बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर, महिलाले पुरुषको बलात्कार गरेको सायदै सुन्नु भएको होला र सुन्दा तपाई अचम्म लाग्न सक्छ ।
तर, अष्ट्रेलियाका एक युवकलाई १० जना युवतीले मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
यो घटना अहिले संसारभर भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार युवक हरेक विहान घरनजिकै मर्निक वाकमा जान्थे । यसैक्रममा एक विहान उनी मर्निक वाकमा गइरहेका थिए । त्यहीबेला उनको घाटी चक्कु लगाउँदै युवतीहरुको समूहले उनलाई उठाएर लगे ।bhayoo
एकान्त ठाउँमा पुर्याएर सबै युवतीहरुले उनसँग एक एक गरी बलात्कार गरे । यो क्रममा सबैले उनलाई मार्ने धम्की दिइरहेका थिए । युवतीको धम्कीले डराएका युवक बलात्कार भइसकेको केही समयपछि त्यहाँबाट भाग्न सफल भए । र स्थानीय प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराए ।
युवकले पुलिसलाई बताएका छन् कि त्यो दिन घरबाट निस्किएका उनलाई अचानक बाटोमै युवतीहरुले घेरा हालेर जबरजस्ती गर्दै उठाएर लगे ।
यता प्रहरीले युवतीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार विभिन्न ठाउँहरुमा छापा हान्दै उनीहरुलाई खोजिरहेको छ । स्थानीय प्रहरीले चाँडै नै युवतीहरुलाई कानुनको कठघरामा उभ्याइने जनाएको छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
dainiknepal

Continue Reading…

Monday, June 6, 2016

राष्ट्रपति भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला, नेपालले पहिलोपटक स्थान पायो

काठमाडौं, २५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डरी विश्वकै शक्तिशाली महिलाहरुको सूचीमा पर्नुभएको छ ।
अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा नेपालबाट पहिलोपटक राष्ट्रपति भण्डारी पर्नु भएको हो ।nepal
राष्ट्रपति भण्डारी उक्त सूचीको ५२ औँ स्थानमा हुनुहुन्छ । फोर्ब्सले हरेक वर्ष विश्वका एक सय शक्तिशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । जसमा नेपालले पहिलोपटक स्थान पाएको हो ।
सूचीमा विश्वका चर्चित महिलाहरु को–को ? (टप-१० सहित)
1) जर्मन चान्सलर एन्जेला मर्केल प्रथम स्थानमा ।
2) अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन दोस्रो स्थानमा ।
3) अमेरिकी उद्योगपति ज्यानेट एलेन तेस्रो स्थानमा ।
4) अमेरिकी महिला मेलिन्डा गेट्स चौथो स्थानमा ।
5) अमेरिकी महिला म्यारी बारा पाँचौ स्थानमा ।
6) फ्रान्सकी क्रिस्टिन लेगार्ड छैठौं स्थानमा ।
7) अमेरिकाकी शेरिल स्यान्डवर्ग सातौ स्थानमा ।
8) अमेरिकाकै सुसन ओज्सिकी आठौं स्थानमा ।
9) अमेरिकाकै मेग ह्वाइटम्यान नवौं स्थानमा ।
10) स्पेनकी आना प्याट्रिसिया बोटिन दशौं स्थानमा ।
दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुयन हेइय १२ औँ स्थानमा ।
प्रथम अमेरिकी महिला मिसेल ओबामा १३ औँ स्थानमा ।
भारतकी अरुन्धाती भट्टाचार्य २५ औँ स्थानमा ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी २६ औँ स्थानमा ।
बेलायती महारानी एलिजावेथ द्धितिय २९ औँ स्थानमा ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा ।
विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्केट चान ३८ औँ स्थानमा ।
भारतीय कांग्रेसकी सोनिया गान्धी शक्तिशाली महिलाको सय जनाभित्र नै परिनन् ।
dainiknepal

Continue Reading…


Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog